स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत इजिप्ट प्रस्थान गरेका छन् । मन्त्री बस्नेत जनसङ्ख्या, स्वास्थ्य र विकाससम्बन्धी चार दिने विश्व सम्मेलनमा भाग लिन आज बिहान इजिप्ट प्रस्थान गरेका छन् ।
विश्व सम्मेलनका क्रममा मन्त्री बस्नेतले इजिप्टको स्वास्थ्यमन्त्रीसँग द्विपक्षीत भेटघाट गर्ने र दक्षिण पूर्वी एशियाका स्वास्थ्यमन्त्रीसँग भेटघाट गर्ने सम्भावित कार्यक्रम रहेको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए ।
मन्त्री बस्नेतले इजिप्टको कायरोमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले स्वास्थ्य अवस्था सुधारका पक्षमा चालेका कदम र चुनौतीका विषयमा मन्त्रीस्तरीय बैठकमा कुरा राख्ने बताइएको छ ।
मन्त्री बस्नेतसँगै मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटासमेत इजिप्ट प्रस्थान गरेका छन् । मन्त्री बस्नेत आगामी भदौ २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।
















यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, कस्ताे रहला आजकाे माैसम ?
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया