शुक्रबार, माघ २३, २०८२

बालेन लक्षित काठमाडाैं प्रशासनको विज्ञप्ति- जथाभावी वक्तव्यबाजी नगर्नू

मेरोन्यूज २०८० भदौ १८ गते १३:२१

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्‍याउन र सामाजिक सन्जालमा जथाभावी वक्तव्यबाजी नगर्न सबैलाई अनुरोध गरेको छ ।

सोमबार एक विज्ञेप्ती जारी गर्दै प्रशासनले उक्त अनुरोध गरेको हो ।

काठमाडौं महानगरपालीकाका मेयर बालेन शाहले आफ्नी पत्नी सवार गाडी प्रहरीले रोकेर चेकजाँच गरेपछि सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति लेखेका थिए।

त्यसैतर्फ इंगित गर्दै प्रशासनले सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक बिदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य भइरहेको स्मरण गराएको छ ।

शाहले शनिबार सामाजिक सञ्जालमा ‘चोर सरकार’ भन्दै ‘सिंहदरबारमा आगो लगाइदिने’ धम्कीसहितको स्ट्याटस लेखेका थिए । उनले उक्त स्टाटस भने अहिले फेसबुकबाट हटाइसकेका छन् ।

प्रतिक्रिया