हत्या अभियोगमा दोषी ठहरिएका मधेश प्रदेशका सांसद यादव पक्राउ

जनकपुरधाम । हत्या अभियोगमा दोषी ठहरिएका मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी प्रहरीले उनलाई राजविराजबाट सोमबार पक्राउ गरेर अदालतमा बुझाएको हो ।
यादव सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद हुन् । माओवादी नेता गोविन्द चौधरीको हत्या गरेको मुद्दामा सांसद यादवलाई जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ ।
सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले २०७१ चैत ११ गते यादवसमेतलाई चार वर्ष कैदको फैसला गरेको थियो ।
उच्च अदालत जनकपुरधाम, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालको संयुक्त इजलासले २०७५ भदौ ९ गते यादवको हकमा जिल्ला अदालतको फैसलालाई नै सदर गरेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त इजलासले २०७८ पुस १३ गते जिल्ला तथा उच्च अदालतको फैसलालाई नै सदर गरेको थियो ।
सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले सांसद यादवलाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको जानकारी दिए ।
सांसद यादव अहिले अदालतमा छन् ।
















Two arrested for cheating people of Rs 1.75 million
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रियसभाबाट पारित
NC President Thapa calls for addressing public discontent and anger through reform
आजदेखि चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा
समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया