धनगढीमा विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु
मेरोन्यूज
२०८० भदौ १९ गते ८:०८

कैलाली । जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीमा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका ३ कि अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको विद्युतीय धरापमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।
सोमबार राति करीब ११ बजेतिर उनी विद्युतीय धरापमा परेकी थिइन् । विद्युतीय धरापमा परी गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्यालले बताए ।
जंगली जनावरबाट धानबाली जोगाउन भन्दै खेतको आलीमा स्थानीय ४८ वर्षीय जंगलिया चौधरीले करेन्ट प्रवाह गरेको र त्यही करेन्ट लागेर मञ्जु कुँवरको मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रहरीले खेतमा विद्युतीय धराप राखेका चौधरीलाई पक्राउ गरेको छ ।
सम्बन्धित
















Two arrested for cheating people of Rs 1.75 million
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रियसभाबाट पारित
NC President Thapa calls for addressing public discontent and anger through reform
आजदेखि चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा
समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया