शुक्रबार, माघ २३, २०८२

कोशी सरकारविरुद्धको रिटमाथि आज पूर्ण इजलासमा सुनवाइ

मेरोन्यूज २०८० भदौ १९ गते ८:४३

काठमाडौं । कोशी प्रदेश सरकारको भविश्यका बारेमा आजबाट सर्वोच्च अदालतमा पुर्ण इजालासमा सुनवाई हुदैँछ । हिजो समय अभावका कारण ‘हेर्दा हेर्दै’ मा राखिए पछि मङ्गलवारबाट सुनुवाइ हुने भएको हो ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले रिट निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

सोही आदेश अनुसार सोमबार न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीसहितको पूर्ण इजलासमा रिट निवेदनमाथि सुनुवाइ सुरु भएको हाे ।

कोशी प्रदेशसभाका एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङसहितलाई विपक्षी बनाएर भदौ १७ गते रिट निवेदन दर्ता गराएका थिए ।

प्रदेशसभा अध्यक्षता गरेको व्यक्तिले मतदान गर्न नपाउने भए पनि मुख्यमन्त्री थापालाई प्रदेशसभा अध्यक्षता गरेका व्यक्तिले समेत मतदान गरेको भन्दै रिट निवेदनमा यसरी लिइएको विश्वासको मत असंवैधानिक रहेको दाबी गरिएको छ ।

प्रतिक्रिया