शुक्रबार, वैशाख ४, २०८३

बलिउड अभिनेता आयुष्मान खुराना बने वाईवाईको ब्राण्ड एम्बास्डर

मेरोन्यूज २०८० भदौ १९ गते ११:५८

काठमाडौं। वाइवाई चाउचाउको ब्राण्ड एम्बेसडरमा भारतको चलचित्र उद्योग बलिउड अभिनेता आयुष्मान खुराना नियुक्त भएका छन् । चौधरी ग्रुप अन्तर्गतको सिजी कर्प ग्लोबलको सिजी फुड्सले खुरानालाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सिजी फुड्सको लोकप्रिय उत्पादन वाइवाई चाउचाउ २५ वर्षदेखि स्वाद पारखीमाझ लोकप्रिय छ । वाइवाइको उत्कृष्ट स्वादले सबैलाई आकर्षित गरिरहेको सिजीले जनाएको छ।

नयाँ ब्राण्ड एम्बेसडर नियुक्त भएपछि बलिउड अभिनेता खुरानाले युवापुस्ताको मनमा २५ वर्षदेखि बस्न सफल वाइवाई चाउचाउजस्तो लोकप्रिय ब्राण्डसँग सहकार्य गर्न पाउँदा असाध्यै खुसी लागेको बताए।

‘वाइवाईको स्वाद यति गज्जबको छ कि यो संसारका कयाैं देशमा धेरैको मनमा बस्न सफल छ,’खुरानाले भने, ‘वाइवाई ब्राण्ड नाम नै काफी छ सिजीसँग जोडिनका लागि म वाइवाईको नामले तानिएको हुँ।’

प्रतिक्रिया