तत्कालीन विमानस्थल भन्सार प्रमुख पोखरेलसँग सीआईबीले सुन तस्करीबारे लियो बयान

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विमानस्थल भन्सार कार्यालयका निवर्तमान प्रमुख अरुण पोखरेलसँग बयान लिएको छ । साउन ३ गते बरामद ६० किलो सुन तस्करी प्रकरणबारे त्यो बेला विमानस्थल भन्सार प्रमुख रहेका पोखरेलसँय सिआइबीले बयान लिएको हो । प्रमुख भए पनि पोखरेल हङकङबाट ६० किलो सुन तस्करी हुँदा बिदामा थिए । उनी अहिले काम फर्किएका छन् ।
सुन तस्करीको आरोपमा विमानस्थल भन्सारका केही कर्मचारी र भन्सार एजेन्टलाई पक्राउ गरी हिरासतमा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ। तर भन्सार प्रमुख पोखरेललाई सीआईबीले बयान लिएर छाडेको हो ।
विमानस्थल भन्सारका कर्मचारीको मिलेमतोमा भन्सारले पक्राउ गरेको भेपको ९ किलो सुन गायब भएको विषयमा त्यतिबेला विमानस्थल भन्सारको प्रमुख रहेका पोखरेलसँग जानकारी लिइएको हो ।
पोखरेलमाथि अनुसन्धान गर्न सरकारी वकिल कार्यालय काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पत्राचार गरिसकेको छ।
सिआईबीमा सुन प्रकरणको अनुसन्धान गरिरहेका एक अनुसन्धान अधिकृतले भन्सारका तत्कालीन प्रमुख पोखरेलसँग दुई पटक सुन तस्करीबारे बयान लिइएको जानकारी दिए ।
सुन तस्करीमा संलग्न रहेको आरोपमा ७ चिनियाँसहित २७ जना पक्राउ परेका छन्। सोमबार मात्रै सीआईबीले रुपन्देहीका सुमन खरेललाई पक्राउ गरेको थियो।
















अध्यक्ष ओलीद्वारा बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त
बैतडी बस दुर्घटनाका घाइतेको उपचार प्रबन्ध मिलाउन सरकारलाई गगन थापाकाे आग्रह
मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने
साढे १७ लाख ठगी गर्ने २ जना पक्राउ
नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया