कोशी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा

काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुुनुवाइ आज मंगलबार) पनि हेर्दाहेर्दैमा राखिएको छ।
न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसमा कोशीका मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख परशुराम खापुङविरुद्धको रिटबारे भइरहेको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको हो ।
सर्वोच्चको पूर्ण इजलासमा भएको सुनुवाइमा सोमबार मुख्यमन्त्री उद्धव थापासहितका प्रतिवादीको तर्फबाट बहस भएको छ। यसअघि सोमबार निवेदकको तर्फबाट हिक्मत कार्की पक्षले बहस गरेको थियो।
पूर्ण इजलासमा सोमबारदेखि बहस अघि बढे पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।
निवेदक र प्रतिवादीको बहसपछि आगामी बिहीबार जवाफी बहस हुने र त्यसैदिन आदेश आउने सम्भावना छ।
यो रिटलाई कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा पठाउने निर्णय भएको थियो। त्यही अनुसार सोमबार पूर्ण इजलासमा बहस अघि बढेको हो।
















पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया