शुक्रबार, माघ २३, २०८२

अख्तियारको कर्मचारी भन्दै व्यापारी धम्क्याउने २ जना पक्राउ

मेरोन्यूज २०८० भदौ १९ गते २०:०४

जनकपुरधाम । अख्तियारको कर्मचारी हौँ भन्दै जनकपुरमा व्यापारीहरुलाई धम्क्याएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने हंसपुर नगरपालिका ३ का अनिल सिंह र राहुल सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

उनीहरुले ७ वटा पसलमा रकम असुल गर्ने उद्देश्यले धम्क्याएको पाइएको प्रहरीले बताएको छ । ‘हामी अख्तियारको कर्मचारी हौं, पसलका कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौ, तपाईको पसल सिल गर्छौं’ भन्दै धाक धम्की दिई नगद रुपैयाँ असुल गर्ने तथा ठगी गर्ने गरेको पाइयो,’ डिएसपी गौतमले भने ।

उनीहरुलाई ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको डीएसपी गौतमले बताए ।

प्रतिक्रिया