सहमहामन्त्री यादवमाथि आक्रमण गर्ने सापकोटाले भने : रिसको झोकमा खुकुरी प्रहार गरे

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहरी गर्ने श्यामबाबु सापकोटाले रिसको झोकमा आक्रमण गरेको बताएका छन् । प्रहरीले पक्राउ गरेर सिंहदरबार बृत्तमा लगेपछि गरेको सोधपुछमा सापकोटाले रिसको झोकमा आक्रमण गरेको बताएको प्रहरीले जनाएको छ ।
नुवाकोट जिल्ला बिदुर नगरपालिका–७ का ४७ वर्षीय सापकोटाले प्रहरीले पक्राउ गरेपछि राजसंस्था जिन्दावाद भन्दै चिच्याएका थिए। प्रहरीले पक्राउ गर्दैगर्दा उनले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भनेका थिए। सापकोटाले एमसीसी खारेज गर भन्दै कराएको पनि सार्वजनिक भएको भिडिओमा सुनिन्छ।
सापकोटाको खुकुरी आक्रमणबाट घाइते भएका सहमहामन्त्री यावदको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । खुकुरी प्रहारलगत्तै ट्रमा सेन्टर पुर्याएका यादवको टाउको र जिउमा चोट लागेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले जानकारी दिए ।
‘चोट ठूलै देखिन्छ। सिटी स्क्यान गर्न पठाइएको छ। सिटी स्क्यानपछि उपचारको थप उपचार प्रक्रिया अघि बढ्छ’ रिजालले भने।
काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टस् क्लबमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुन गएका बेला यादवमाथि खुकुरी प्रहार भएको थियो।
















रुपन्देही–३ का प्रलोपाका उम्मेदवार काराखेती पार्टीबाट निष्कासित
Power production should be increased for prosperous Nepal: Chair Ghising
अमेरिका–रुसबीच सैन्य संवाद पुनः सुरु
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया