सरकारी कार्यालयको व्यवस्थापन गर्नुपर्छ : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुरमा रहेका सरकारी संरचनाको अनुगमन तथा निरीक्षण गरेका छन् । मुख्यमन्त्री चौधरीले बुधबार सामाजिक विकास डिभिजन कार्यालय स्थानान्तरण गरेको क्षेत्र शिक्षा तालिम केन्दको पूर्वाधार, यातायात व्यवस्था कार्यालय दाङको कार्यालय सार्ने निर्णय भएको गाइडरको सरकारी पूर्वाधारलगायत अन्य सरकारी संरचनाको निरीक्षण गरेका हुन् ।
डिभिजनको साविकको कार्यालय यातायात व्यवस्था कार्यालयललाई दिने र त्यहाँ रहेको सामाजिक विकास डिभिजन कार्यालय शिक्षा तालिक केन्द्रको पूर्वाधारमा सार्ने प्रदेश सरकारको निर्णय पछि मुख्यमन्त्री चौधरीले त्यस क्षेत्रको अनुगमन तथा निरीक्षणमा निस्किएका हुन् ।
शिक्षा तालिम केन्द्र, सामाजिक विकास डिभिजन रहेको कार्यालय क्षेत्रको निरीक्षण र अनुगमन गर्दै मुख्यमन्त्री चौधरी कार्यालय व्यवस्थापनको काममा जुटन सरकारी निकाय र पूर्णरुपमा सहयोग गर्न स्थानीयहरुलाई आग्रह गरे ।
आवश्यकता अनुसार कार्यालयहरु स्थानान्तरण तथा व्यवस्थापन गरिएको भन्दै उनले त्यसलाई तत्काल कार्यान्वयनको चरणमा लैजान निर्देशन दिए । ‘निर्णय भइसकेको छ, उनले भने, अब जति सक्यो छिटो कार्यालय व्यवस्थापन गर्नुहोस ।’
स्थानीय सरोकारवालाहरुको सहभागितामा गरिएको निरीक्षण र अनुगमनमा पूर्वाधारहरुमा केहि मर्मत सम्भारको आवश्यकता देखिएकोले त्यसको समेत व्यवस्थापन गरेर समयमै कार्यालय स्थानान्तरण हुनु उनले बताए ।
स्थानीयहरुले सरकारले सहि निर्णय गरेको भन्दै, सरकारको निर्णयमा पूर्णरुपमा सहयोग र सहकार्य गर्ने बताएका थिए । मुख्यमन्त्री चौधरीले तुलसीपुरमा रहेका अन्य केहि सरकारी संरचनाको समेत निरीक्षण र अनुगमन गरेका थिए ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया