कांग्रेस सहमहामन्त्री यादव आईसीयूमा

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको आईसीयूमा राखेर उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ।
ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालले विज्ञप्ति निकालेर चिकित्सकको निगरानीमा सहमहामन्त्री यादवको आईसीयूमा उपचार भइरहेको उल्लेख गरेका छन् ।
उनको टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएकाले त्यसका कारण गहिरो घाउ भई रक्तश्राव भएको विज्ञप्तिमा उल्लेख छ। न्युरोसर्जरी रअर्थोपेडिक सर्जरीबाट विज्ञ डाक्टरहरूद्वारा अपरेसन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको अस्पतालले जनाएको छ।
उनलाई चिकित्सकको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था स्थिर रहेको विज्ञप्तिमार्फत् जनाइएको छ।
सहमहामन्त्री यादवलाई बुधबार दिउँसो नुवाकोट घर भई बालाजु बस्ने श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए। उनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

















अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया