शुक्रबार, माघ २३, २०८२

सुन तस्करी आरोपमा थुनामा रहेका दावाको होटेल भियनाभित्र अस्पताल !

मेरोन्यूज २०८० भदौ २० गते १९:२२

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन २ गते बाहिरिएको साठी किलो सुन तस्करीको आरोपमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको काठमाडौँ ठमेलमा रहेको होटेल भियनाभित्र अस्पताल रहेको प्रहरीले पत्ता लाएको छ ।

सुन प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले होटल चियनामा छापा मार्दा भित्र अस्पताल रहेको र त्यहाँ चाइनिज नागरिक मात्रै डक्टर र स्वास्थ्यकर्मी भेटिएका हुन् । त्यहाँ उपचार गर्ने चिकित्सक र स्वाथ्यकर्मीले चीनबाट पर्यटक र व्यापारिक भिसामा आएर उपचार गरिरहेको पनि प्रहरीले पत्ता लगाएको छ ।

सुन प्रकरणको अनुसन्धान गरिरहेका सिआईबीमा कार्यरत एक अधिकृतले भने, ‘पहिल्लो पटक अनुसन्धानका क्रममा होटल भियनामा छापा मार्दा भित्रै अस्पताल रहेको भेटियो । त्यहाँ काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मी सबै चाइनिज रहेछन् । उनीहरू पर्यटक र व्यापारिक भिसामा आएर उपचारमा क्रियाशील रहेको पाइएको छ ।’

दावाकी श्रीमति अमला रोका नेपाली नागरिक हुन। होटलमा श्रीमति अमला र माओवादीका उपमहासचिव वर्षमान पुनका भाइ प्रनिसको साझेदारी छ । उनीहरूसँगै होटलमा नेपालीहरूमञ्जिल श्रेष्ठ, चिनियाँ नागरिक जिलियाङ, चेन काइमु, गुआङपेङग जोङ साझेदार छन्।

सिआईबीले अनुसन्धान गर्दा त्यो अस्पतालसमेत अनुमतिबेगर सञ्चालनमा ल्याएको देखिएको अनुसन्धानमा संलग्न ती अधिकृतले बताए । ठमेल, पोखरा, बौद्धलगायतका स्थानमा व्यापार गरेर बसेका चिनियाँहरूले त्यहाँ उपचार गराउने गरेको पाइएको पनि प्रहरीले बताएको छ ।

राजस्व अनुसन्धान विभागले साउन १४ गते होटेल भियनामा छापा मारी दाबा छिरिङलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया