हेलो सरकारमा आएको गुनासोको एक हप्तामै काम सम्पन्न

काठमाडौँ। आइतबार दिउँसो सिंहदरबारमा हेलो सरकार २४ सै घण्टा (३ सिफ्ट) सञ्चालन गर्ने कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले दोलखा जिल्लाको बिगु गाउँपालिका–४ सिंगटीमा मानव बस्तीभन्दा माथि रहेको ठूलो ढुंगोका कारण ३२ घरधुरी जोखिममा परेको जनगुनासो सुनेका थिए । सुनेलगत्तै प्रधानमन्त्री दाहालले गुनासो सम्बोधनका लागि रक्षासचिव किरणराज शर्मालाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि आइतबार बेलुका नै नेपाली सेनाको टोली सिंगटीमा पुगेर सोमबार बिहानैदेखि कार्यप्रारम्भ गरेको रक्षासचिव जानकाी दिएका छन् ।
पौडेलले बस्तीमाथि रहेको ढुंगो बिस्फोट गरी हटाउने कार्य सुरू गरिएको र उक्त कार्यक्रम सम्पन्न गर्न एक हप्ता जति समय जानकारी दिएका थिए । पौडेलले भनेका थिए, ‘प्रधानमन्त्रीको निर्देशनलगत्तै नेपाली सेनाको टोली सम्बन्धित स्थानमा पुगेर काम सुरू गरिसकेको छ। ढुंगो निकै ठूलो छ, एकैपटक बिस्फोट गर्दा ढुंगाले बस्तीमा असर पर्न सक्छ। त्यसैले बस्तीलाई असर नपर्नेगरि ढुंगो हटाउने कार्य भइरहेको छ।’
आज सेनाको तारा दल गणले बिगु गाउँपालिका–४ खोलिखिममा ढुंगा फोडेर काम सम्पन्न गरी फिर्ता भएको रक्षा सचिव शर्माले जानकारी दिए ।

















रुपन्देही–३ का प्रलोपाका उम्मेदवार काराखेती पार्टीबाट निष्कासित
Power production should be increased for prosperous Nepal: Chair Ghising
अमेरिका–रुसबीच सैन्य संवाद पुनः सुरु
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया