थाइल्यान्डसँग पराजित भएसँगै विश्वकप छनोटबाट बाहिरियो नेपाल

काठमाडौं । मलेसियामा जारी महिला टी-२० विश्वकपको एसियाली छनोटबाट नेपाल बाहिरिएको छ । शुक्रबार बिहान भएको खेलमा थाइल्यान्डले नेपाललाई ४६ रनले पराजित गरेको हो ।
जितसँगै थाइल्यान्ड विश्वकपको छनोटमा पुगेको छ ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९.३ ओभरमा अलआउट हुनुअघि ५९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कविता कुँवरले १७ रन तथा कविता जोशी र अप्सरी बेगमले समान १०-१० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
थाइल्यान्डका लागि ओनिचा कामोचम्फुले र नाटाया बुचाथमले समान ३/३, थिपाचा पुथाओङले २ विकेट तथा सुनिडा चाटुरोन्ग्राटाना, फनिता मायाले १/१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनायो ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया