एमाले बागमती प्रदेश अध्यक्षमा यस्ता छन् आकाक्षी
अध्यक्षका दाबेदारहरु केन्द्र तथा प्रदेश तहमा आफूलाई सहयोग गर्न आन्तरिक लबिङमा जुटिरहेका छन्

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वका आकाक्षीहरु खुल्न थालेका छन् । अहिलेसम्म नेतृत्वका बारेमा ठ्याक्कै अड्कलवाजी लगाउन नसकिएपनि आधा दर्जन बढीले नेतृत्व हत्याउन भित्री तयारी शुरु गरेका छन् ।
बागमती प्रदेशमा एमालेको प्रदेश अधिवेशन असोज ८-९ गते हुँदैछ । अधिवेशनले २ सय ४० जनाको कमिटीमात्रै चयन गर्दैछ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरी ५ पदाधिकारीसहित नयाँ कमिटी बनाउनेछ । हाल ४ सय ७७ जना रहेको बागमती प्रदेश कमिटीमा सर्वसम्मात नभए लुम्बिनीकै बाटोमा पुगेर मतदानबाट नयाँ नेतृत्व चयन हुनेछ ।
अहिलेसम्म अध्यक्षका लागि ८ जना नेताहरुको चर्चा छ । हालसम्म अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, पूर्वपोलिटब्युरो सदस्य एवम बागमती प्रदेशका पुर्वसभामुख सानुकुमार श्रेष्ठ, हालका प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी मुख्य दाबेदार देखिएका छन् । चितवनका नेता कृष्णभक्त पोखरेल, धादिङका भूमि त्रिपाठी र खेम लोहनीको नाम पनि चर्चामा छ ।
जनप्रतिनिधिको मापदण्ड नभएको थियो भने प्रदेश अध्यक्षका लागि सर्वाधिक प्रभावशाली नेता गोकुल बास्कोटाको नाम अग्रपंक्तिमा थियो । प्रदेशमा पार्टीलाई बलियो बनाउन गोकुलजस्ता नेताको आवश्यकता रहे पनि मापदण्ड बाधक बनेको यहाँका नेताहरु बताउँछन् ।
त्यसो त नेतृत्वले माथिल्लो तहबाटै अध्यक्ष बनाउन चाहेमा स्थायी कमिटी सदस्य शेरवहादुर तामाङदेखि पोलिटव्युरो सदस्यहरु आनन्द पोखरेल,पार्वत गुरुङ,महेश बस्नेतलगायत पनि पछि हट्ने अवस्था थिएन । तर निर्वाचन नै हुने अवस्थामा उनीहरु तल जाने अवस्था छैन । जसकाकारण अन्य ८ जना नेताहरु आफुलाई नेताहरुको विश्वास जितेर नेतृत्व हत्याउन लागिपरेका छन् । अन्तिम समयसम्म कति नेता प्रतिस्पर्धामा आउँछन् भन्नेमा अहिले नै भन्न् नसकिने अवस्था रहेको एमाले नेताहरु बताउँछन् ।
प्रदेश अध्यक्ष कार्यकारी भूमिकामा रहने र पोलिटब्युरो सरहको हैसियत हुने भएको कारण पनि उक्त पद हत्याउन केन्द्रीय सदस्य पनि दाबेदार देखिन्छन् ।
आकांक्षीमध्ये केन्द्रीय सदस्य रामेछापाका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल र हालका अध्यक्ष नुवाकोटका केशवराज पाण्डे अलिक बढी चर्चामा छन् ।

















शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठकस्थल चुनबाङमा प्रचण्ड
Driver killed after car falls into Phewa Lake
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा ४९ वर्षीय पुरुषको मृत्यु
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
4 die, 5 injured in firing incidents in Karachi
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया