बंगलादेश एसिया कपबाट बाहिरियो, श्रीलंकासँग २१ रनले पराजित

काठमाडौं। बंगलादेश एसिया कप क्रिकेटबाट बाहिरिएको छ। सुपर फोरमा लगातार दुई खेलमा पराजित भएपछि बंगलादेश फाइनल पुग्ने सम्भावना सकिएको हो ।
पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेशले दोस्रो खेलमा श्रीलंकासँग २१ रनले हार्याे । अब सुपर फोरको अन्तिम खेलमा भारतसँग खेल्ने छ। भारतसँग जित निकाल्दा पनि बंगलादेशको फाइनल खेल्ने सम्भावना छैन । सुपर फोरमा भारतले एक खेल पनि खेलेको छैन भने पाकिस्तान र श्रीलंकाले एकएक खेल खेलेका छन्।
प्रेमदासा स्टेडियम कोलम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २५७ रन बनाएको थियो । श्रीलंकाकासदिरासमरबिक्रमाले ९३ रनको उत्कृष्ट पारी खेले ।
यसैगरी कुशल मेन्डिस ५० रन बनाएर आउट हुँदा पथुमनिसनकाले ४० रन जोडेका थिए । कप्तान डासुनसनकाले २४ तथा दिमुथकरुणारत्नेले १८ रनको पारि खेले । बंगलादेशका तक्सिन अहमद र हसन महमुदले तीन तीन विकेट लिए । सइफुल इस्लामले २ विकेट लिएका थिए ।
२५८ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश ४८ दशमलव१ ओभरमा सबै विकेट गुमाएर २३६ रनमात्रै बनायो ।बंगलादेशकातोहिडह्रिदोले सर्वाधिक ८२ रनको पारि खेल्दा मुस्फिकुर रहिमले २९ रन जोडेका थिए । यसैगरी मेहदी हसनले २८ तथा मोहमद नइमले २१ रन जोडेका थिए ।
बंगलादेशलाई रोक्ने क्रममा महेश तिक्षणा,दशुनसनका र महिषापथिरनालेतीततीन विकेट लिए ।
प्रतियोगिता अन्तरगत आइतबार भारत र पाकिस्तानबीच खेल हुन्छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया