सर्वोच्चको न्यायाधीशमा सिफारिस हुन वरिष्ठ अधिवक्ताहरू लविइङमा

काठमाडौं । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्तिका लागि छलफल सुरु गरेसँगै फेरि दलीय भागबण्डामा न्यायाधीश हुन कानुन व्यवसायीहरू लागेका छन् । प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्चबाट न्यायाधीश नियुक्ति सुरु गर्न चाहेपछि आफना्े दलको कोटामा पर्न आकांक्षीहरुले दौडधुप बाक्लो बनाएका छन् ।
सर्वोच्चको जिम्मेवारी सम्हालेका कारण विवादरहित रुपमा न्यायाधीश नियुक्ति गर्न चाहेका श्रेष्ठले कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, न्यायपरिषद्का वरिष्ठ सदस्य ईश्वरप्रसाद खतिवडा र परिषद्का दुई सदस्यहरुसँग अनौपचारिक रुपमा छलफल गरिरहेका छन्। प्रधानन्यायाधीशसँगै रहेका वरिष्ठ न्यायाधीश खविवडा र परिषद्का अन्य सदस्य भने सबै तहमा एकै पटक सिफारिस गर्ने पक्षमा छन्।
स्रोतका अनुसार न्याय परिषद्मा सर्वोच्च अदालतमा पहिला सिफारिस गर्ने कि उच्च अदालतको मुख्य न्यायाधीश भन्ने छलफल अनौपचारिक रुपमा सुरु भएको बताइन्छ ।
हाल उच्च अदालत दिपायलमा मुख्य न्यायाधीशको रुपमा नृपध्वज निरौला रहेका छन् भने अन्य उच्च अदालत नेतृत्वविहीन छन्। सर्वोच्चमा सिफारिसका लागि पनि मुख्य न्यायाधीश नियुक्ति गर्ने अनि त्यहिँबाट सर्वोच्च ल्याउनुपर्ने एकथरीको राय छ।
तर, प्रधानन्यायाधीश र केही सदस्य भने मुख्य न्यायाधीशको योग्यता पुगेका मध्येबाट सर्वोच्चमा सिफारिस गर्ने अनि मुख्य न्यायाधीश नियुक्ति गर्ने पक्षमा छन्। यसरी नियुक्ति गर्दा सिधा हुने र उच्च अदालतमा थप सिट खाली हुने उनीहरुको आकलन छ।
सर्वोच्च अदालतको न्यायाधीश बन्न दलका आधारमा कानुन व्यवसायीको संगठन बनाएका अधिवक्तहरू लागेका छन । अहिले माओवादीको कोटामा न्यायाधीश बन्न महान्यायाधीवक्ता दिनमणी पोखरेल र डिएन पराजुली लागिरहेका छन् । त्यस्तै एमालेको कोटामा न्यायाधीश बन्न पूर्वमहान्यायाधीवक्ता
रमेश बडाल र महेश पौडेल लागिरहेका बताइन्छ ।
त्यस्तै कांग्रेसबाट न्यायाधीश बन्न नेपाल बार एसोसिएसनका पूर्वमहासचिव सुनिलकुमार पोखरेल, पूर्वमहान्यायाधीवक्ता खम्बबहादुर खाती, नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष यदुनाथ खनाल लागिरहेका निकटस्थहरू बताउँछन् ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रतिक्रिया