बलेरोले मोटरसाइकललाई ठक्कर दिँदा सुवेदीको मृत्यु
मेरोन्यूज
२०८० भदौ २६ गते ८:१५

झापा । झापाको कनकाई नगरपालिका वडा नं ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मंगबार साँझ उनी सवार प्र १–०१–०१३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१च ३२४८ नम्बरको बोलेरो जीपले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि विर्तामोडस्थित बिएन्डसी हस्पिटल पुर्याइएको थियो । उनलाई हस्पिटलमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा संलग्न बोलेरो जीपका चालक पाँचथर हिलिहाङ गाउँपालिका वडा नं ७ बस्ने ३७ वर्षीय होमप्रसाद सेन्च्युरीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया