लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन
मेरोन्यूज
२०८० भदौ २६ गते १०:१६

काठमाडौँ । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार बिएन्डबी अस्पतालमा उपचारका क्रममा पराजुलीको मंगलबार बिहान ८ बजे निधन भएको हो ।
केही समयदेखि निमोनियाबाट ग्रसित कथाकार पराजुलीका आधा दर्जन किताब प्रकाशित भएका छन्।
उनको आजै आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
लामो समय अखबारी पत्रकारिता गरेका उनी कथाका लागि चर्चित थिए । राजनीतिक एवं सामाजिक विसंगतिप्रति कडा आलोचकीय दृष्टिकोण उनका कथाहरुमा पाइन्थ्यो ।
पराजुलीको कथासंग्रह ‘जन्तरमन्तर’ हालै मात्र प्रकाशनमा आएको थियो । उनका अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् ।
सम्बन्धित














काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया