६० किलो सुन तस्करीमा पक्राउ परेका ६ जनालाई मुद्दा नचलाउन सिफारिस

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले झण्डै ६० किलो सुन तस्करी आरोपमा पक्राउ परेका ६ जनाविरुद्ध भने मुद्दा नचलाउन सरकारी वकिलको कार्यालय काठमाडौँलाई सिफारिस गरेको छ ।
सिआईबीले भन्सार एजेन्ट रुक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध मुद्दा नचलाउन आज बुझाएको प्रतिवेदनमा सिफारिस गरेको हो ।
पक्राउ परेकी भन्सार एजेण्ट रुक्मिनालाई बिरामी भएकाले यसअघि नै थुनामुक्त गरिएको छ । बाँकी हिरासतमै छन्। उनीहरुविरुद्ध मुद्दा नचलाउन सिफारिस प्रतिवेदनमा गरिएको हो ।
साउन २ गते हङकङबाट नेपाल भित्रिएको ६० किलो अवैध सुन प्रकरणमा सिआईबीले ३२ जना पक्राउ गरेको छ । १८ जना फरार छन्। पक्राउ पर्नेमा ९ जना विदेशी छन्।
फरार रहनेमा भने १४ जना विदेशी रहेको सीआईबीले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया