यामाहाद्वारा FZ-S V3 को नयाँ अवतार सार्वजनिक

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले FZ-S FI V3 को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ। यो विशेष मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध हुनेछ ।
नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिश तत्व थपेको छ। FZ-S FI V ३.० उत्कृष्ट ह्यान्डलिंग र मस्कुलर डिजाइनका लागि प्रतिष्ठित छ। फ्युल इन्जेक्शन १४९ सीसी सहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित FZ-S FI भर्सन ३.० मा एयर-कूल्ड फोर-स्ट्रोक १४९ cc SOHC, दुई-भल्भ, एकल-सिलिन्डर ईन्धन-इन्जेक्टेड इन्जिन माउन्ट गरिएको छ जुन रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाईलो अनुभूतिलाई थप रोमान्चक गर्न अद्यावधिक गरिएको छ।
यसबाहेक, यो मोटरसाइकल डुअल डिस्क ब्रेक र अगाडि एकल च्यानल एबीएसले सुसज्जित छ।
एमएडब्लू ईन्टरप्राइजेज, टू व्हिलर डिभिजनका सीईओ राजु क्षेत्रीले भने, “FZ-S V3 धेरै मोटरसाइकल प्रेमीहरूको मनमा बस्न सफल मोडेल हो। त्यसैले हामी यसको नयाँ रङ विकल्पहरू, नेभी ब्लू र मेटालिक ग्रे तथा राइडिङको अनुभव बढाउने रोमाञ्चक अपडेटहरू सहितको नयाँ भेरियन्ट सार्वजनिक गर्न पाउँदा हर्षित छौं।
नयाँ डिलक्स संस्करणले यामाहाको स्पोर्टीनेस, स्टाइल र उत्साहका विशेषताहरूलाई साँच्चै झल्काउने छ। यामाहा FZ-S ले सधैं आफ्नो दायरा फराकिलो पार्दै प्रदर्शन र शैलीको सन्दर्भमा उत्कृष्ट प्रदर्शन गर्ने गरेको छ। हामी नेपाली बजारमा यी अपडेटहरू ल्याउन पाउँदा अत्यन्त खुसी छौं। हाम्रा राइडरहरूले उत्कृष्ट देखिने मात्र नभई रमाइलो राइडिङको अनुभव पनि प्रदान गर्ने मोटरसाइकलको प्राप्त गर्दै छन्।”
यामाहा एफजेड सिरिजले नेपाली बजारमा २००८ देखि आफ्नो विरासत बनाइरहेको छ। यामाहा मोटर्सद्वारा उत्पादित मोटरसाइकलहरूको यो लोकप्रिय लाइन यसको प्रदर्शन उन्मुख सुविधाहरूको साथमा स्पोर्टी र उन्नत शैलीका लागि परिचित छ। बजारबाट प्राप्त सुझावहरूको प्रतिक्रियामा निरन्तर सुधार गर्न प्रतिबद्ध रहँदै एफजेड श्रृंखलाले नियमित अन्तरालमा यसका विशिष्टता र सुविधाहरू अद्यावधिक गर्दै आएको छ।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया