सिटिजन्स बैंकका ग्राहकलाई भारत स्थित अपोलो हस्पिटलको सेवामा आकर्षक छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित अपोलो हस्पिटलस इन्टरप्राईजेज लिमिटेड बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहक महानुभावहरुलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशत सम्म छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
अपोलो हस्पिटलस् इन्टरप्राईजेज लिमिटेडका भारतको बिभिन्न ९ स्थानमा रहेका हस्पिटलका नेटवर्कहरुमा यो छुटको व्यवस्था लागू हुने छ । उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा अपोलो हस्पिटल्स इन्टरप्राईजेज लिमिटेडका तर्फबाट भाइस प्रेसिडेन्ट– इन्टरनेसनल बिजनेस डा.कात्र्तिक अनन्थरामनले हस्ताक्षर गरेका छन् ।
सिटिजन्स बैंकको भारत स्थित हस्पिटल्सहरु संगको यो दोसो्र सम्झौता हो । यस अघि बैंकले भारत स्थित मेदान्त– द मेडिसिटि अस्पताल संग बैंकका कार्डवाहक ग्राहक महानुभावहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।
यस किसिमको सहकार्यबाट हाल यस बैंकका ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् । आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।
यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् ।
















यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी
हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह
अवैध धन्दाकाे आराेप लागेका ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया