सन्चो अस्पताल हेटौंडाका डाक्टर कुट्ने चार जना पक्राउ

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–२ स्थित सन्चो अस्पतालका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा–१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट गर्ने चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई पक्राउ गरिएको जानकारी दिए ।
बुधबार बिहान १० बजे हेटौंडाको सन्चो अस्पतालमा उनीहरूसहित केही व्यक्तिहरूले चिकित्सकद्वय थापा र बिडारीलाई कुटपिट गरेका थिए । उनीहरूलाई कुटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
पीडितले बिहीबार जाहेरी दिने तयारी गरेका छन्।
गत साउन २५ गते हेटौंडा–१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। राजेशलाई डेंगीका कारण निमोनियाको समस्या देखिएको थियो। सुरूमा उनलाई साउन २२ गते सन्चो अस्पतालमै लगिएको थियो।
स्वास्थ्य अवस्था गम्भीर देखिएपछि चिकित्सकले बिरामीलाई आइसियूमा राखेर उपचार गर्न सुझाव दिएका थिए। तर आफन्तले वार्डमा राखेर उपचार गर्ने कुरा गरेको चिकित्सकहरू बताउँछन् । पछि हेरचाह राम्रो हुने भन्दै बिरामीलाई एचडियूमा राखिएको थियो।
तर उपचारको पहिलो रातमै बिरामीको अवस्था थप जटिल भएपछि साउन २३ गते उनलाई चितवन मेडिकल कलेज रिफर गरिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया