शनिबार, फागुन २, २०८२

एकीकृत समाजवादीले १०औँ महाधिवेशन माघ १४-१८ मा गर्ने (कार्यतालिकासहित)

अध्यक्ष नेपालले अपानिमार्फत् पठाए तल्ला तहमा महाधिवेशनको कार्यतालिका

मेरोन्यूज २०८० भदौ २८ गते १६:२४

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले बिहीबार अपानि जारी गर्दै अब पार्टीको केन्द्रीय काम महाधिवेशनको तयारीमा हुने उल्लेख गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

अपानिमा अधयक्ष नेपालले मातहतका समितिलाई महाधिवेशनको तयारीको कार्यतालिका पनि पठाएका छन् । तयारी अुनसार आगामी मंसिर २५ गतेभित्र सदस्यता वितरण र नविकरणको विवरण प्रमाणिकरणका लागि केन्द्रीय संगठन विभागमा पठाउने निर्णय भएको अपानिमा उल्लेख छ।

त्यस्तै, कात्तिक १५ गतेसम्ममा महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरू तयार गरिसक्ने अपानिमा उल्लेख छ।

कात्तिक १५ देखि पुस १५ सम्म दस्तावेजहरूमा छलफल बहस चलाउने, पुस २१ मा एकैदिन प्रतिनिधि छनोट गर्ने, पुस २५ गतेभित्र प्रतिनिधि छनोटको प्रतिवेदन केन्द्रमा पठाइसक्ने र २०८० माघ ५ भित्र प्रतिनिधिहरू यकिन गरिसक्ने कार्यक्रम तय भएको छ।
यस्तो छ अपानिमा महाधिवेशन सम्बन्धमा उल्लेख गरिएको अंश :

प्रतिक्रिया