शाहरुखले राेक्न सकेनन् सन्नीकाे रफ्तार

काठमाडाैं । सन्नी देओल स्टारर फिल्म ‘गदर २’ ले बक्स अफिसमा लगातार कमाई गरिरहेकाे छ । सन् २००१ मा बनेको फिल्म ‘गदर: एक प्रेम कथा’को यस सिक्वेललाइ फ्यानहरूले अपार मायाको वर्षाइरहेका छन्।
याे एक्शन ड्रामा फिल्म हलमा रिलिज भएको ३३ दिन पुरा भइसकेको छ ।
यसैबीच केहिदिन अघि शाहरुख खानकाे एक्सन फिल्म ‘जवान’ पनि रिलिज भएको छ । ‘जवान’को आगमनसँगै ‘तारा सिंहका पाइला पक्कै डगमगाएका छन्, तर ‘गदर २’ मर्न तयार छैन ।
‘गदर २’ गत महिना ११ अगस्टमा हलमा रिलिज भएको थियो । फिल्म अक्षय कुमारको ओएमजी २ सँगै रिलिज भएको थियो । एकातिर अक्षयको फिल्मको यात्रा अहिले बक्स अफिसमा रोकिएको छ भने अर्कोतिर सन्नी देओलको फिल्म लगातार अघि बढिरहेको छ ।
शाहरुख खानको ‘जवान’ रिलिजले ‘गदर २’ मा प्रभाव पारेको थियो, तर पनि सन्नीले आफ्नो मनोबल उच्च राखेका थिए ।
रिलिजको ३३ दिन बितिसक्दा पनि फिल्मले विश्वभर करोडौंको व्यापार गरिरहेको छ । ३४ औं दिनमा ‘गदर २’ ले विश्वव्यापी रुपमा ६७५ करोड भारुको व्यापार गरेको छ ।
‘गदर २’ ले मंगलबार विश्वभर करिब २ करोडको व्यापार गरेको थियो भने बुधबार फिल्मले विश्वभर १ करोडको व्यापार गरेको थियो ।
गदर १ मा ‘तारा सिंह’ले आफ्नी पत्नी सकिनालाई पाकिस्तानसँग लडिरहेको देखिएका थिए भने ‘गदर २’ मा उनले आफ्नो अनस्क्रिन छोरा ‘जीते’ उर्फ उत्कर्ष शर्मालाई बचाउन पाकिस्तानको सीमा पार गरेका छन्।









छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख जम्मा
चितवन कारागारबाट भागेका बन्दी झापामा पक्राउ
१ खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
शान्ति सम्झौताको मर्म र जेनजी युवाका आवाज एउटै छन् : संयोजक प्रचण्ड
प्रतिक्रिया