शाहरुखले राेक्न सकेनन् सन्नीकाे रफ्तार

काठमाडाैं । सन्नी देओल स्टारर फिल्म ‘गदर २’ ले बक्स अफिसमा लगातार कमाई गरिरहेकाे छ । सन् २००१ मा बनेको फिल्म ‘गदर: एक प्रेम कथा’को यस सिक्वेललाइ फ्यानहरूले अपार मायाको वर्षाइरहेका छन्।
याे एक्शन ड्रामा फिल्म हलमा रिलिज भएको ३३ दिन पुरा भइसकेको छ ।
यसैबीच केहिदिन अघि शाहरुख खानकाे एक्सन फिल्म ‘जवान’ पनि रिलिज भएको छ । ‘जवान’को आगमनसँगै ‘तारा सिंहका पाइला पक्कै डगमगाएका छन्, तर ‘गदर २’ मर्न तयार छैन ।
‘गदर २’ गत महिना ११ अगस्टमा हलमा रिलिज भएको थियो । फिल्म अक्षय कुमारको ओएमजी २ सँगै रिलिज भएको थियो । एकातिर अक्षयको फिल्मको यात्रा अहिले बक्स अफिसमा रोकिएको छ भने अर्कोतिर सन्नी देओलको फिल्म लगातार अघि बढिरहेको छ ।
शाहरुख खानको ‘जवान’ रिलिजले ‘गदर २’ मा प्रभाव पारेको थियो, तर पनि सन्नीले आफ्नो मनोबल उच्च राखेका थिए ।
रिलिजको ३३ दिन बितिसक्दा पनि फिल्मले विश्वभर करोडौंको व्यापार गरिरहेको छ । ३४ औं दिनमा ‘गदर २’ ले विश्वव्यापी रुपमा ६७५ करोड भारुको व्यापार गरेको छ ।
‘गदर २’ ले मंगलबार विश्वभर करिब २ करोडको व्यापार गरेको थियो भने बुधबार फिल्मले विश्वभर १ करोडको व्यापार गरेको थियो ।
गदर १ मा ‘तारा सिंह’ले आफ्नी पत्नी सकिनालाई पाकिस्तानसँग लडिरहेको देखिएका थिए भने ‘गदर २’ मा उनले आफ्नो अनस्क्रिन छोरा ‘जीते’ उर्फ उत्कर्ष शर्मालाई बचाउन पाकिस्तानको सीमा पार गरेका छन्।


















३३ अंकले घट्यो सेयर बजार
कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्ने बारे छलफल
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
प्रतिक्रिया