अराजक तत्वको सांघातिक आक्रमणबाट बचेर नयाँ जीवन पाएको छुँ : सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आफूमाथि अराजक तत्वले सांघातिक आक्रमण गरेको बताएका छन् । वीर अस्पतालमा उपचार गराइरहेका यादवले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफ्नो स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख गरेका छन् ।
२० भदौमा भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा यादवमाथि खुकुरी प्रहार भएको थियो ।
नुवाकोटको विदुर नगरपालिका–७ तुप्चे घर भई बालाजु बस्ने ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडिबाट खुकुरी प्रहार गरका थिए ।
टाउकोमा पछाडिको भागमा गहिरो चोट लागेका यादवले उपचार गराइरहेका छन् । यादवले आफ्नो स्वाथ्यका बारेमा चासो राख्दै सुभेच्छा प्रकट गर्ने सबैप्रति आभार पनि प्रकट गरेका छन् ।
‘मिति २०८०।०५।२० गतेका दिन रिपोटर्स क्लबको कार्यक्रमबाट फर्किने क्रममा ममाथि अराजकतत्वले सांघातिक आक्रमण गर्यो । म घाइते अवस्थामा अस्पतालमा रहदा मलाई मायागरी मेरो स्वाथ्य अवस्थाको बारेमा चासो राखि अस्पतालको प्राङ्घगणमा उपस्थित भई शुभेच्छा राखिदिनु भएका मेरा आदरणिय व्यतित्वहरु, अग्रजहरु, सहकर्मी साथीभाइ, पार्टी संगठन तथा भातृ संस्थाका साथीहरु, विभिन्न पार्टीका नेतागण तथा साथीहरु, अन्यक्षेत्रसंग सम्बन्धित साथीभाई मेरा आफन्तजन, शुभचिन्तकहरु प्रति नमन गर्न चाहन्छु ।’
उनले फेसबुकमा आफ्नो स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको बताउँदै आफूले राजनीति गरेर कमाएको धन नै आमनागरिकको माया भएको उल्लेख गरेका छन् । आफूले नयाँ जीवन पाएको पनि उनले उल्लेख गरेका छन् । ‘तपाईहरुको माया र बिस्वासले मैले नयाँ जिवन पाएको छु । अबको केहिदिनमा म स्वास्थ्यलाभ गरि यहांहरुको सेवामा फेरी नयां उर्जा नया जोसकासाथ सर्मपण हुनेछु,’ सहमहामन्त्री यादवले फेसबुकमा लेखेका छन् ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया