शनिबार, फागुन २, २०८२

ठेकेदारले खुल्ला छाडेको सडकको खाल्डोमा खसेर धनुषामा एक बालकको मृत्यु

मेरोन्यूज २०८० भदौ २९ गते ९:४७

धनुषा । सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर जनकपुरमा एक बालकको मृत्यु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर मृत्यु भएको हो ।

शुक्रबार बिहान साढे ६ बजेतिर उठेर खेलिरहेका रोहन घर अगाडिको सडकमा खुला छाडिएको चेम्बरमा खसेका थिए । परिवारका सदस्यहरुले खोज्दा उनी खाल्डोमा फेला परेका थिए ।

टाउको तल र खुट्टा माथि थोरै देखिएको अवस्था उनलाई भेटेको र खाल्डोबाट बाहिर निकाल्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया