शनिबार, फागुन २, २०८२

यी हुन् एकीकृत समाजवादीका ७ प्रदेशका कमाण्डर

केन्द्रीय उपाध्यक्ष देखि स्थायी समिति सदस्यसम्मलाई भूगोल हेरेर प्रदेश इन्चार्जको जिम्मेवारी

मेरोन्यूज २०८० भदौ २९ गते १०:१३

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी नेताहरुको कार्यविभाजन हेरफेर गरेको छ । पार्टी अध्यक्ष देखि केन्द्रीय सदस्यसम्मकै कार्यविभाजन एकीकृत समाजवादीले गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

एकीकृत समाजवादीको ६६ औं केन्द्रीय समिति बैठकले नेताहरुको नयाँ कार्यविभाजन गरेको हो । अध्यक्ष माधवकुमार नेपाल समग्र पार्टी कामको नेतृत्व, महासचिव घनश्याम भूसाल समग्र साङ्गठनिक कामको अनुगमन र मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्ने गरी नेताहरुको कार्यविभाजन गरेको उसले जनाएको छ ।

त्यस्तै सात ओटा भूगोल र तीन वटा गैह भूगोल विशेष प्रदेशको पनि इन्चार्ज लगायतका जिम्मेवारी पनि उसले ठोस गरेको छ ।

कोशी प्रदेशमा केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेत, मधेसमा उपाध्यक्ष धर्मनाथप्रसाद शाह, बागमतीमा उपमहासचिव डा गंगालाल तुलाधर, गण्डकीमा स्थायी कमिटि सदस्य तुलवबहादुर गुरुङ, लुम्बिनीमा सचिव हरि पराजुली, कर्णालीमा उपमहासचिव प्रकाश ज्वाला र सूदुरपश्चिममा सचिव गरिमा साशलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ ।

गण्डकीमा प्रदेश इन्चार्ज पाएका पराजुली यही बैठकबाट पार्टीको केन्द्रीय सचिव भएका थिए ।
त्यस्तै गैह भूगोलतर्फ उपत्यका विशेष प्रदेश इन्चार्जमा स्थायी कमिटि सदस्य विश्वनाथ प्याकुरेल, सम्पर्क विशेषमा पोलिटब्यूरो सदस्य विजय गुरुङ र प्रवास विशेष प्रदेशमा सचिव रामकुमारी झाँक्रीलाई जिम्मा दिइएको छ । झाँक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा यूरोप, अमेरिका र ल्याठिन अमेरिकाको इन्चार्जको समेत जिम्मेवारी तोकिएको छ ।

अन्य नेताहरु कसलाई काहाँ जिम्मेवारी हेर्नुहोस अपानी

प्रतिक्रिया