शनिबार, फागुन २, २०८२

प्रहरी समायोजनलाई लिएर सरकारमाथि मुद्दा हाल्ने मन्त्री श्रेष्ठको चेतावनी

मेरोन्यूज २०८० भदौ २९ गते १५:४२

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बिज्ञान र प्रविधिको जमानामा प्रहरीहरुले पनि सोही अनुरुप अन्तराष्ट्रिय तहको बिज्ञान प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आज शुक्रबार मकवानपुरको पदमपोखरी प्रहरी चौकीको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री श्रेष्ठले बागमती प्रदेशका प्रहरीहरुलाई अत्याधुनिक उपकरणले युक्त प्रविधि मैत्री बनाउँदै लैजाने बताए ।

मन्त्री श्रेष्ठले अहिलेको प्रहरीको क्षमतालाई गुणात्मक ढ‌गले बृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले प्रहरीहरुलाई नागरिक मैत्री बनाउने कुरामा लागिरहँदा एउटा हातले मात्र तालि नबज्ने बताए । उनले नागरिकहरु पनि प्रहरी मैत्री बन्न सक्नुपर्ने बताए । प्रहरी भनेको एउटा टुल्स हो यसलाई प्रयोग गर्न सक्दा प्रहरी मैत्री संस्कारको विकास हुने मन्त्री श्रेष्ठले बताए ।

नेपाल सरकारले २०८० भाद्र मसान्तसम्म प्रहरी समायोजन सम्पन्न गर्ने प्रतिवद्धता गरेको थियो । सो प्रतिवद्धता अनुसार प्रहरी समायोजन नहुने भएपछि मन्त्री श्रैष्ठले नेपाल सरकारविरुद्ध सम्मानित सर्वोच्च अदालतमा मुद्दा हाल्ने चेतावनी पनि दिनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पदमपोखरीमा प्रहरी चौकी स्थापना हुनु खुसीको कुरा भएको भन्दै यहाँ नागरिक र प्रहरीले समन्वय र सहकार्यमा कार्य गर्नुपर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले पदमपोखरीमा इलाका प्रहरी कार्यालय आवश्यक रहेको भन्दै यसका लागि पहल भैरहेको बताए ।

कार्यक्रममा चौकी निर्माणमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको २ करोड २६ लाख १५ हजार १ सय १७ रुपैया बजेटमा १ कठ्ठा ९ धुर क्षेत्रफलमा महिला पुरुष अलग अलग हिरासत कक्ष, महिला ब्यारेक, कार्यालय प्रमुख निवास सहित ३ तल्ले प्रहरी चौकिको निर्माण भएको हो

प्रतिक्रिया