संघीयता पूर्ण कार्यान्वयनलाई ‘पूर्ण अधिकार’ : मुख्यमन्त्री चौधरी

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयताको पूर्ण कार्यान्वयनका लागि प्रदेश सरकार अधिकार सम्पन्न हुनु पर्ने बताएका छन् । त्यो भूमिका संघीय सरकारले निर्वाह गर्नु पर्ने बताए । प्रदेश सरकार र स्थानीय सरकारले पूर्ण अधिकार नपाएको भन्दै तत्काल अधिकार सम्पन्न गराउन संघीय सरकारसंग आग्रह समेत गरे ।
गाउँपालिका महासंघको आयोजनामा दाङको भालुवाङमा शुक्रवार भएको स्थानीय सरकार र प्रदेश सरकारबीच प्रदेशस्तरीय परामर्श गोष्ठि कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् ।
संघले अधिकार तल्लो तहमा नदिदा कार्य सम्पादनमा समस्या भइरहेको र त्यसको असर संघियताको कार्यान्वयनमा पुगेको उनले बताए । सरकार रहेको तर अधिकारमा सम्पन्न सरकार नहुदा संघीयता समेत कार्यान्वयन नभएको मुख्यमन्त्री चौधरीको तर्क छ । उनले अहिले संघीयतामा आलोचना बढीरहेको भन्दै त्यो अवस्था संघीय सरकारले ल्याएको बताए ।
मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले पाएको अधिकार समेत संघले दिन नखोज्दा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न हुने संकेत देखिएको बताए । ‘अहिले भएको संघीयताको विरोध संघ सरकारकै कारण भएको छ,’उनले भने, ‘संघीयता विफल भए पनि संघकै कारण हुदैछ ।’
संघले पूणर् अधिकार प्रदेशलाई दियो भने मात्रै संघीयता कार्यान्यवन हुने र प्रदेश सरकारको औचित्य पनि पुष्टि हुने मुख्यमन्त्री चौधरीले बताए । उनले स्थानीय र प्रदेश सरकारले साना योजना भन्दा पनि देखिने प्रभावकारी योजनाहरु निर्माण गर्नु पर्ने बताए । साथै सबै योजनाहरु आर्थिक समृद्धिसंग जोडेर जान सकेमा जनताको आयस्तर समेत बढेर जाने बताए ।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया