तीनकुने सामूहिक हत्या प्रकरणको अनुसन्धानका लागि समिति गठन

काठमाडौं । तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समिति गठन गरेको छ ।
प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो ।
समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य रहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार मध्यराति धारिलो हतियार प्रहार गरी गैरीगाउँस्थित दिव्य सस्मिलका सुरक्षागार्ड कुमार भुजेलसहित चार जनाको हत्या भएको थियो।
प्रहरीले यस घटनामा संग्लन्न भएको आशंकामा त्यही क्षेत्रबाट ४ जनालाई पक्राउ गरेको हो । यधपी उनीहरुको परिचय दिन प्रहरीले मानेको छैन । उनीहरुको परिचय गोप्य राखेर नै प्रहरीले अनुसन्धान गरिरहेको छ ।
















प्रतिनिधिसभा निर्वाचन : मकवानपुर १ मा पुराना अनुभवी र नयाँ पुस्ताका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
प्रतिक्रिया