टी–२० विश्वकप: उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै

आईसीसी टी–२० विश्वकप भारत र श्रीलंकामा संयुक्त रुपमा आज (शनिबार) सुरु हुँदैछ।
भारतका पाँच शहरका पाँच स्टेडियम र श्रीलंकाको दुई शहरका तीन मैदानमा विश्वकपका खेल हुनेछन्। यसपटकको विश्वकपमा कुल ५५ खेल हुनेछ।
भारतको अहमावादस्थित नरेन्द्र मोदी स्टेडियम, कोलकताको इडेन गार्डेन, दिल्लीको अरुण जेट्ली स्टेडियम, मुम्बईको वानखेडे स्टेडियम र चेन्नइको एमए चिदम्बरम स्टेडियममा विश्वकपका खेल हुनेछन्।विश्वकपमा नेपालले समूह चरणका आफ्ना सबै चार खेल वानखेडे स्टेडियममा खेल्नेछ। श्रीलंकाको कोलोम्बोस्थित आर.प्रेमादसा स्टेडियम र एसएससी क्रिकेट मैदानमा र क्यान्डीको पालकेले क्रिकेट स्टेडियममा विश्वकपका खेल हुनेछन्।
विश्वकपको पहिलो दिन आज तीन खेल हुने तालिका छ। श्रीलंकाको कोलोम्बोस्थित एसएससी मैदानमा पाकिस्तान र नेदरल्यान्ड्स बीचको उद्घाटन खेल बिहान सवा ११ बजे सुरु हुनेछ। भारतमा भने दुई खेल हुनेछन्। कोलकताको इडेन गार्डेनमा समूहसीका स्कटल्यान्ड र वेष्ट इण्डिज खेल्ने तालिका छ। यो नेपाल रहेको समूह हो। यो खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ।
पहिलो दिनको अन्तिम खेलमा शनिबार राति सवा ७ बजे घरेलु टोली भारतले अमेरिकासँग खेल्ने तालिका छ। मुम्बईको वानखेडे स्टेडियममा अमेरिकासँग खेल्दै साविक विजेता भारतले विश्वकपको यात्रा सुरु गर्नेछ। नेपालले भने आइतबार दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ।

















एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
नेपाल–प्रज्ञा प्रतिष्ठानका ११ प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीन वटै तहका सरकारले बजेट छुट्याउनुपर्ने
एनआइसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
प्रतिक्रिया