भक्तपुरमा महिलाको शव फेला

भक्तपुर । दुई महिना अगाडि घरबाट हराएकी एक महिलाको जङ्गलमा टाउको छिनेको अवस्थामा आज शव फेला छ ।
मध्यपुरथिमि नगरपालिका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबर गरेकी जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।
दुई महिना अगाडि हराएकी महिलाकी शवको कङ्काल मध्यपुरथिमिको जङ्गलमा भेटिएको उनले जानकारी दिए। पाठकका अनुसार कङ्कालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको हो । “उक्त शव सूर्यविनायक नगपालिका–२, बालकोटस्थित बङ्गलामुखी बस्ने ६१ वर्षीय परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ”, उनले भने ।
मृतककी छोरी जानुका दाहालले गत साउन १० गते आमा हराएको भन्दै प्रहरीवृत्त थिमिमा जाहेरी दिएकी थिइन् । शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा पठाइएको जनाउँदै प्रनाउ पाडकले घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।
















आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल
टी–२० विश्वकप: उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया