शनिबार, फागुन २, २०८२

देश बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा छ : उपाध्यक्ष भुसाल

मेरोन्यूज २०८० भदौ ३० गते १९:५३

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले शिक्षित युवा तथा विद्यार्थीले मुलुकको समृद्धिमा भूमिका खेल्नुपर्ने बताएकी छिन् ।

Advertisement
nepal life insurencenepal life insurence

ललितपुरमा आज आयोजित शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांकृतिक कार्यक्रममा उनले देशलाई समृद्ध बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा आएको बताइन् ।

“देश बनाउने जिम्मा नयाँ पिँढीको हो”, पूर्वमन्त्री भुसालले भनिन्, “नेपालमा केही भएन भन्दै बाहिर जाने अनि अर्काको देशमा बसेर नेपाललाई गाली गर्ने कुराले देश बन्दैन ।”
देश बनाउन पढेलेखेका व्यक्तिले पहल गरे केही वर्षमै नेपाल विकसित हुनबाट कसैले रोक्न नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेतृ भुसालले ललितपुरको एम्स कलेजमा प्राध्यापन गरी विद्यावारिधि उपाधि हासिल गर्नुभएका डा दीपक अधिकारी र सिद्धार्थ ढुङ्गानालाई पदक प्रदान गरेकी थिइन् । सो अवसरमा सात शिक्षक र उत्कृष्ट अङ्क ल्याउने चार विद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया