मुस्ताङको छोसेरमा सात वर्षअघि सुरु भएको खानेपानी योजना सम्पन्न

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको वडा नं १ र २ मा पर्ने छोसेरमा ‘एक घर एक धारा’ सहितको खानेपानी योजना सम्पन्न भएको छ ।
सात वर्षको प्रयासमा सम्पन्न भएको योजनाबाट करिब दुई सय घरधुरी लाभान्वित भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय मुस्ताङले उपभोक्ता समितिमार्फत श्रमदानसहित करिब रु एक करोड ५० लाखको लगानीमा छोसेर खानेपानी योजना सम्पन्न गरेको लोमान्थाङ–२ का वडाध्यक्ष कर्म नामगेल गुुरुङले जानकारी दिए ।
“एक सय ८६ घरधुरीमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण भएको छ”, उनले भने, ‘‘बाह्र वर्षअघि निर्माण गरेको योजना जीर्ण हुँदा साविक छोसेर गाउँमा खानेपानीको निकै समस्या थियो । सात वर्ष लगाएर योजना सम्पन्न भएपछि घर–घरमा शुद्ध खानेपानीको सुविधा पुगेको छ ।”
कोरलानाका नजिकै रहेको च्याउङछु भन्ने स्थानमा रहेको मूलबाट करिब १५ किलोमिटर लामो पाइप लाइनबाट छोसेरमा खानेपानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष पासाङ छिरिङले बताए । तीस हजार लिटरको एक र २० हजार लिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण गरिएको छ ।
समुद्री सतहबाट चार हजार पाँच सय मिटर उचाइको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रको मुहानबाट पानी ल्याइएको हो । एक सय ८० घरधुरीमा निजी धारा र २० वटा सामुदायिक धारा निर्माण गरिएको अध्यक्ष छिरिङले जानकारी गराए ।
“सात वर्षअघि योजना सुरु भए पनि कोरोना महामारीका कारण दुई वर्ष बजेट नआएपछि काम हुन सकेन, आर्थिक वर्ष २०७९÷८० मा पर्याप्त बजेट आएकाले योजनाले पूर्णता पाएपछि वर्षौँदेखिको सपना पूरा भएको छ । गत हप्तादेखि खानेपानी वितरण भएको छ ।” खानेपानीका लागि खर्च हुने समय र श्रमको बचत भएको छ । यसअघि सार्वजनिक धारामा पर्याप्त पानी नआउने समस्या थियो । उनले भने” ,
योजनालाई दिगोरूपमा सञ्चालन गर्न एक जना हेरालु राखिएको छ । सो योजनामा गत आर्थिक वर्षमा रु ७२ लाख २४ हजार बराबरको काम भएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय मुस्ताङका सबइन्जिनियर प्रताप सार्कीले बताए ।
उनका अनुसार चालु आवमा रु छ लाख १७ हजार बराबरको काम भएको र कोरोना महामारीका कारण दुई वर्ष काम नभएको हुँदा मुहान टाढा भएकाले योजना सम्पन्न गर्न समय लागेको जानकारी दिए
चीनको सिमानामा रहेको कोरला नाका नजिकै रहेको छोसेर मुस्ताङको अन्तिम मानव बस्ती हो ।

















निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपति लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
१३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियाे
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
प्रतिक्रिया