आज तीजको दर खाने दिन

काठमाडौं । हिन्दु धर्मालम्बी महिलाहरुले आज हरितालिका (तीज) पर्वको दर खाँदैछन ।
तीजको दिन ब्रत बस्ने महिलाहरुले अघिल्लो दिन मिठामिठा परिकारका खानेकुराहरु पकाएर त्यसलाई दरको रुपमा खाने परम्परागत चलन चलिआएको छ ।
विशेषगरी टाढा रहेका दिदी बहिनीलाई माइती पक्षले तीजमा निम्ता गर्दै दिदी बहिनी, परिवारका सदस्य, इष्टमित्र र छिमेकीहरु एकै ठाउँमा भेला भएर विभिन्न मिठा परिकारको दर खाँदै रमाइलो गर्ने चलन रहिआएको छ ।
विगतमा तीजको अघिल्लो दिन मात्रै दर खाने चलन रहेपनि आजभोलि शहरी क्षेत्रमा एक डेढ महिनाअघिदेखि नै दर खाने र खुवाउने चलनको विकास भएको देखिन थालेको पछि यस्लाई विकृतिको रुपमा पनि अथ्र्याउने गरेका छन ।
पौराणिक कालमा पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ तीजमा विवाहित महिलाहरु पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिता युवतीहरुले सुयोग्य बर पाउँ भनी कामना गर्दै तीजको व्रत बसी शिवको पूजा आराधना गर्ने प्रचलन रहेको छ ।
पछिल्लो समयमा निराहार व्रत बस्नेको संख्या भने घट्दै गएको छ ।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया