चिकित्सकसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले बनायो वार्ता टोली

काठमाडौं । चिकित्सक पिटिएको विरोधमा आन्दोलनमा उत्रिएका चिकित्सकहरुसँग वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्ता टोली बनाएको छ । नेपाल चिकित्सिक संघको आह्रवानमा आज देखि देशभर आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सकलाई वार्तामा आउन आग्रह गदैं मन्त्रालयले वार्ता टोली बनाएको हो ।
अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव रहने गरी वार्ता टोली बनाएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले पाँच सदस्यीय वार्ता समिति गठन गरिएको बताए। समितिले आन्दोलनरत नेपाल चिकित्सक संघलाई वार्तामा समेत बोलाइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वार्ता समिति गठन गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न निर्देशन दिएका थिए।
गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाहीको माग गर्दै चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
















यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी
हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह
अवैध धन्दाकाे आराेप लागेका ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया