भारत-श्रीलंकाको फाइनल खेल वर्षाले रद्द भए उपाधि कसलाई ?

काठमाडौं। एसिया कप क्रिकेटको फाइनल खेल आज हुँदै छ । फाइनलमा भारत र श्रीलंका भिड्न लागेका हुन् ।
भारत र श्रीलंकाबीच एसिया कपमा फाइनलमा १३ वर्ष पछि भेट भएको हो । श्रीलंकाको कोलम्बोको केआर प्रमदासा खेल मैदानमा खेल हुँदैछ ।
एसिया कपका अधिकतम खेल वर्षाले बिगारेको छ । यस्तो अवस्थामा फाइनलमा पनि वर्षा हुने सम्भावना के-कस्तो छ ? भन्ने प्रश्न सबैमा हुन सक्छ ।
आजको फाइनल खेलमा पनि वर्षा हुने तीव्र सम्भावना रहेको बताइएको छ । AccuWeather को रिर्पोटका अनुसार आइतबार कोलम्बुमा बादल लागिरहने छ । साथै वर्षा हुन सक्ने छ ।
यदि आजको फाइनल खेल वर्षाका कारण रद्ध भएमा एक दिन (सेप्टेम्बर १८ मा) ‘रिजर्व डे’ राखिएको छ । ‘रिजर्भ डे’मा पनि पानी पर्ने सम्भावना ६९ प्रतिशत छ ।
यदि यस दिन पनि वर्षा भइ खेल हुन नसकेमा दुवै देशलाई संयुक्त विजयी घोषणा गरिने छ । सन् २००२ मा भारत र श्रीलंका बीच हुने भनिएको च्याम्पियन्स ट्रफीको फाइनल खेल पनि वर्षाका कारण रद्ध भएको थियो । त्यस्बेला दुवै देशलाइ संयुक्त विजेता घोषणा गरिएकाे थियाे ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया