सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

काठमाडौँ । सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ। आइतबार साँझ सहमति भएसँगै चिकित्सिकहरूले आफूहरूको आन्दोलन स्थगित भएको बताएका छन्।
भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो ।
आफन्तले कुटपिट गरेको घटनाको विरोधमा चिकित्सकहरूले आइतबार आकस्मिकबाहेकका सेवा बन्द गरेर प्रदर्शन गरेका थिए।
चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि स्वास्थ्य मन्त्रालयले आजै वार्ता समिति बनाएको थियो।
सरकार र चिकित्सकबीच भएको सहमतिमा सञ्चो अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने अभियोगमा पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका अरू ५ जनालाई पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने, उक्त ऐन कार्यान्वयनमा सरकारका सरोकारवाला निकाय प्रतिवद्ध रहने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउनेलगायत बुँदामा सहमति भएको छ।











यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया