शनिबार, माघ २४, २०८२

तीनकुनेमा सामुहिक हत्या आरोपमा पक्राउ राई रिहा

मेरोन्यूज २०८० भदौ ३१ गते २०:१८

काठमाडौं । तीनकुने सामूहिक हत्याकाण्डको अनुसन्धानका क्रममा प्रहरीले शनिबार पक्राउ गरेको दीपेन्द्र राईलाई रिहा गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले अनुसार उनलाई आफन्तको जिम्मामा छाडिएको जानकारी दिए ।

शुक्रबार राति तीनकुनेस्थित दिव्य सःमिलमा ५६ वर्षका पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षकी अम्बिका भुजेल, पूर्णबहादुरकी आमा ७६ वर्षकी शुभद्रा भुजेल र १९ वर्षका नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।

घटनापछि दीपेन्द्र राई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर आइतबार प्रहरीले पेप्सीकोलाबाट सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । सञ्जयले आफ्नो नवीन राईसँग रिसइबी रहेको र उनको हत्यापछि घटना खुल्ने डरले अरुको पनि हत्या गरेको प्रहरीसमक्ष बयान दिएपछि राईलाई रिहा गरिएको हो ।

दीपेन्द्रको संलग्नता नदेखिएकाले उनलाई छाडिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी राठौरले जानकारी दिए ।

प्रतिक्रिया