सोमबार, वैशाख ८, २०८२

को-को हुन् ६० किलो सुन तस्करी मुद्दाका २९ प्रतिवादी ? (सूचीसहित)

मेरोन्यूज २०८० भदौ ३१ गते २०:४१

काठमाडौँ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको भन्दै आइतबार २९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ३ जना फरारसहित २९ जनाविरुद्ध आइतबार मुद्दा दर्ता गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सूचना अधिकारी महेशप्रसाद खत्रीले जानकारी दिए ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ४ जनालाई फरारको सूचीमा राखी मुद्दा चलाउन राय दिँदै सरकारी वकिललाई प्रतिवेदन बुझाएकोमा कार्यालयले तीन फरार प्रतिवादीलाई मात्रै मुद्दा चलाउने गरी अभियोजनपत्र दर्ता गरेको हो ।

सिआइबीले मुद्दा नचलाउने निर्णय गरेकी रुक्मिना सुब्बालाई सरकारी वकिलले मुद्दा चलाउने निर्णय गरेको छ ।

यी हुन सुन तस्करी आरोपमा अभियोजन पत्र दायर गरिएका आरोपी :

१) चिन स्थायी ठेगाना भई काठमाडौँ कामनपा ४, धुम्बराहीमा बस्ने एलेक्स भन्ने याओ पुचेङ ।

२) ताइवान स्थायी ठेगाना भएका अली भन्ने LI WEN TSUNG।

३) चिन स्थायी ठेगाना भई टोखा नगरपालिका वडा नंम्बर ५ बसुन्धरा बस्ने वर्ष २६ को रोजर वा स्टेप्स भन्ने LI NENGKAI ।

४) चिन स्थायी ठेगाना भई टोखा नगरपालिका वडा नंम्बर ५ बसुन्धरा बस्ने वर्ष २७ साउतेन भन्ने DING SHENG FA ।

५) चिन स्थायी ठेगाना भई हाल कामनपा २ लाजिम्पाट बस्ने ३६ वर्षीय लिन चछ्याङ ।

६) भारत स्थायी ठेगाना भई हाल कामनपा ३ कम्फर्ट हाउजिङमा बस्ने ५३ वर्षीय टासी भन्ने थुप्तिन छिरिङ ।

७) अरुण गाउँपालिका वडा नम्बर ४ चरम्बीगाँउ स्थायी ठेगाना भई हाल बुढानीलकण्ठ ४ पासीकोटमा बस्ने ४९ वर्षीय हर्कराज राई ।

८) बेल्जियम स्थायी ठेगाना भई कामनपा २६ कपुरधारामा बस्ने ४० वर्षीय दावा छिरिङ ।

९) चिन स्थायी ठेगाना भई हाल कामनपा २६ मा रहेको होटल भियानामा बस्ने YANG WEN ।

१०) चिन स्थायी ठेगाना भई हाल कामनपा २६ मा रहेको होटल भियानामा बस्ने MI TIAN ।

११) भोजपुर स्थायी ठेगाना भई कामनपा ३२ मा बस्ने ५५ वर्षीय कृष्ण कुमार श्रेष्ठ

१२) अजयमेरु गाउँपालिका १, डडेल्धुरा स्थायी ठेगाना भई हाल सूर्य विनायक नगरपालिका २ भक्तपुरमा ४९ वर्षीय पुष्कर राज भट्ट ।

१३) जन्तेढुङगा गाउपालिका ४, खोटाङ स्थायी ठेगाना भई महालक्ष्मी नगरपालिका ६, ललितपुर बस्ने ४६ वर्षीय राजेन्द्र कुमार राई ।

१४) बलेफी गाउँपालिका ७ खाडिचौर, सिन्धुपाल्चोक स्थायी ठेगाना भई हाल सुर्यविनायक नगरपालिका ४ ठिमीमा बस्ने ३५ वर्षीय यादव पराजुली ।

१५) रत्ननगर नगरपालिका १२, चितवनका ३८ वर्षीय सुदर्शन गौतम ।

१६) मेलुङ्ग गाउँपालिका वडा नम्बर ३, घ्याङसुकाठोकर, दोलखा स्थायी ठेगाना भई कामनपा १६ स्वयम्भु, सानो भर्याङमा बस्ने ५४ वर्षीय रामकुमार भुजेल ।

१७) मिलुङ गाउँपालिका १, पोष्टीक स्थायी ठेगाना भएका दिलिप भुजेल ।

१८) चन्दकोट गाउँपालिका ६, गुल्मी स्थायी ठेगाना भई टोखा नगरपालिका ११, काठमाडौँ बस्ने ३४ वर्षीय सुमन खरेल ।

१९) कलैया उपमहानगरपालिका वडा नम्बर ४ बारा, कलैया बस्ने ४५ वर्षीय शिव कुमार सरार्फ ।

२०) भिमेश्वर नगरपालिका वडा नम्बर ११, दोलखा स्थायी ठेगाना भई हाल टोखा नगरपालिका १०) सामाखुसी, काठमाडौँ बस्ने ४५ वर्षीय किशोर बस्नेत ।

२१) धनगढी उप महानगरपालिका वडा नम्बर ८ क्याम्पस रोड, कैलालीका ३४ वर्षीय सन्तोष चन्द ।

२२) त्रिभुवन विमानस्थल, भन्सार कार्यालयमा भन्सार अधिकृत पदमा कार्यरत टोखा नगरपालिका १० खरिबोटका ५६ वर्षीय गणेश प्रसाद पौडेल ।

२३) सूर्य विनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल, भक्तपुर स्थायी ठेगाना भई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा ३३ वर्षीय वीरेन्द्र नेपाली ।

२४) त्रिभुवन विमानस्थल, भन्सार कार्यालयमा भन्सार खरिदार पदमा कार्यरत कागेश्वरी मनोहरा नगरपालिका ६, काठमाडौँका ५७ वर्षीय कुमार ढकाल ।

२५) काठमाडौँ महानगरपालिका १७ ढल्को खुसिवु बस्ने त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा टेलिफोन अपरेटर पदमा कार्यरत ५० वर्षीय सरोज श्रेष्ठ ।

२६) गौरदह नगरपालिका १, झापा स्थायी ठेगाना भई हाल बुढानीलकण्ठ नगरपालिका १०, एकताबस्ती, काठमाडौँ बस्ने ३८ वर्षीय रुकमिना सुब्बा ।

२७) कलैया उपमहानगरपालिका वडा नम्बर १, कलैया बारा बस्ने स्थायी ठेगाना भएका भोला साह सोनार । (फरार प्रतिवादी)

२८) गेरुवा गाउँपालिका वडा नम्बर ४, बर्दिया स्थायी ठेगाना भई हाल कामनपा ४ चुनदेवी, काठमाडौँ बस्ने ३८ वर्षीय जीवन चलाउने । (फरार प्रतिवादी)

२९) थवाङ गाउँपालिका वडा नम्बर २, रोल्पा स्थायी ठेगाना भई हाल कामनपा २६ ठमेल ज्याठामा रहेको होटल भियनाको सञ्चालक रही कामनपा २९ सामाखुशी बस्ने अमला रोका । (फरार प्रतिवादी)

प्रतिक्रिया