धनगढी उपमहानगरपालिकाले दाहसंस्कार खर्च उपलब्ध गराउने
मेरोन्यूज
२०८० असोज १ गते १०:१५

धनगढी । धनगढी उपमहानगरपालिकाले दाहसंस्कार खर्च उपलब्ध गराउने भएको छ ।
उपमहानगरपालिकाले नागरिकको अन्तेष्टिमा आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था नआओस् भनेर दाहसंस्कार खर्च स्वरुप ५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
कार्यपालिकाको आइतबार बसेको बैठकले दाहसंस्कारका लागि दाउरा खरिद गर्न मृतकको परिवारलाई पाँच हजार सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख गोपाल हमालले बताए ।
सोमबार उपमहानगरपालिकाको नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अन्तिम संस्कारका लागि शव वाहन र बिरामीलाई अस्पताल ल्याउन र लैजान एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरिएकोे तथा सेवाग्राहीले नगर प्रहरीबाटै शव वाहन र एम्बुलेन्स सेवा पाउन सक्ने व्यवस्था मिलाइएको नगर प्रमुख हमामले जानकारी गराए ।
सम्बन्धित

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया