चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको अनसन ३८ दिनमा तोडियो

काठमाडौं । बिगत ३८ दिनदेखि माइतिघर मण्डलामा रिले अनसन बसिरहेका चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका पदाधिकारीहरुले सोमबारदेखि अनसन तोडेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको र चिकित्सा शिक्षा ऐन छिट्टै संसोधन हुने तयारीमा रहेको आवश्वास दिएपछि १४ सुत्रीय माग राखेर अनसन बसेका उनीहरुले हाललाई आफ्नो सडक संघर्ष स्थगित गरेका हुन् ।
अनसन स्थगित गरे पछि चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका वरिष्ठ पाँच जना पदाधिकारी वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसहित भएको वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा.विकाश देवकोटा, डा. टंक वाराकोटीलगायत थिए भने संघर्ष समितिको तर्फबाट संयोजक निर्मल सापकोटा, सहसंयोजक भुवनचक्र जोशीलगायतका पदाधिकारी थिए ।
वार्तामा संघर्ष समितिका संयोजक सापकोटाले आफूहरुले उठाएका १४ वटा मागका बिषयमा मन्त्री बस्नेतलाई जानकारी गराउँदै नेपालको चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफ्ना मागहरु सम्बोधन हुनु पर्नेमा जोड दिएका थिए ।
स्वास्थ्य मन्त्री बस्नेतले प्रधानमन्त्री विदेशमा रहेका बेला स्वास्थ्य मन्त्री र चिकित्सा सेवा आयोगको सहअध्यक्षको हैसियतले चिकित्सा शिक्षा ऐन संसोधन गरेर अगाडि बढ्न सरकार तयार रहेको जानकारी गराउँदै यसका विषयमा शिक्षा मन्त्री र प्रधानमन्त्रीसमेत सकारात्मक भएकोले संघर्ष समितिले उठाएका मागहरु चाडै संवोधन हुने विश्वास दिलाए ।
चिकित्सा शिक्षा ऐन संसोधन गर्नु पर्ने, सिटिइभिटीको तुरन्त पुर्नसंरचना गर्नु पर्ने, प्रि डिप्लोमाका स्वास्थ्य कार्यक्रम स्तरउन्नति गर्दै वाकीमा तत्काल भर्ना खोल्नु पर्ने, पारामेपडकल अन्तरगत नर्सिङका बिषयहरु चिकित्सा शिक्षाबाट अलग गर्नु पर्ने, बन्द गराइएका नर्सिङ कलेजमा भर्ना खोल्नु पर्ने, छात्रवृतिमा भइरहेको विभेद अन्त्य गर्नु पर्ने, शिक्षामा कोटा प्रणाली खारेज हुनु पर्ने लगायतका १४ वटा माग राखेर संघर्ष समितिले साउन २७ देखि माइतीघर मण्डलामा रिले अनसन जारी राखेको थियो ।
















काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया