कसैसँग पार्टी एकता हुने भए माओवादीले नामबाट कोष्टमा रहेको ‘माओवादी केन्द्र’ हटाउने

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले अन्य कम्युनिष्ट पार्टी एकीकरणका लागि तयार भए आफ्नो नाम परिवर्तन गर्ने निर्णय गरेको छ ।
२५ भदौमा बसेको केन्द्रीय कार्यालय बैठकले पार्टी एकीकरणको वातावरण तयर भए नामको पछाडि कोष्टमा रहेको (माओवादी केन्द्र) हटाउने निर्णय गरेको हो । आगामी महाधिवेशनमा छलफल गरी हटाउने सम्बन्धमा आवश्यक निर्णय लिन सकिने निर्णय कार्यालय बैठकले गरेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देव गुरुङले हस्ताक्षर गरी तल्ला कमिटीमा पठाएको सर्कुलरमा उल्लेख छ ।
सर्कुलरको २ नम्बर बुँदामा कार्यालय बैठकको निर्णयबारे लेखिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।’
यसबारे पार्टी रुपान्तरणको तीन महिने अभियानमा पार्टीका तल्ला समितिमा पनि छलफल गर्ने उद्देश्यले यस्तो निर्णयबारे सर्कुलर गरिएको माओवादीका एक नेताले जानकारी दिए ।
माओवादीले सबै नेता कार्यकर्तालाई पार्टीको नाम परिवर्तन गरेर भए पनि अन्य पार्टीसँगको एकतालाई सफल तुल्याउन तयार देखाउन पार्टीले यस्तो सर्कुलर गरेको ति नेताले बताए ।
माओवादीको गत साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिरमा विधान महाधिवेशन गर्ने र त्यसपछि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
माओवादीका नेताहरूले एकताका क्रममा माओवादी केन्द्र भन्दा नमान्ने हुनसक्छन् भन्ने भएर कोष्टकभित्र रहेको नामलाई परिवर्तन गरेर माओवादी केन्द्रको स्थानमा क्रान्तिकारी स्पिरिटलाई समेट्ने गरी नाम राख्नका लागि बाटो खुल्ला गरिएको बताउँछन् ।
माओवादीले नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपासँग एकीकरणको छलफल अघि बढाएके छ । निरन्तर यी पार्टीहरूबीच एकताका विषयमा छलफल भइरहे पनि टुंगो लाग्न सकेको छैन ।
माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पार्टी एकताको बारेमा वार्ता गर्ने समिति बनाएको छ । उपाध्यक्ष महरालाई पार्टी एकता र समाजवादी मोर्चाको प्रमुखको जिम्मेवारी माओवादीले दिएको छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी, विप्लव नेतृत्वको नेकपा, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नामबारे कुरा उठाएपछि नामै परिवर्तन गरेर भए पनि पार्टी एकता गर्न माओवादी तयार देखिएर संस्थागत निर्णय गरेको हो ।

















निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपति लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
१३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियाे
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
प्रतिक्रिया