माओवादीले कुन पार्टीसँग गर्दैछ पार्टी एकता ?
छैन कसैसँग तत्काल एकताको टुंग्गो, पार्टी नाम भने फेर्ने हतारो

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा (माओवादी केन्द्र) ले पार्टीको नाम फेर्नेबारे औपचारिक रुपमा सर्कुलर गरेको छ । अन्य कम्युनिष्ट घटकहरुसँग एकता गर्न र त्यसलाई सफल बनाउन नेपाल कम्युनिष्ट पार्टीको पछाडी कोष्ठकमा रहेको माओवादी केन्द्रको नाम परिवर्तन पार्टीको महाधिवेशनबाट गर्न सकिने माओवादीले जनाएको छ ।
पार्टी मातहात कमिटिलाई पार्टी पदाधिकारी बैठकको निर्णय भन्दै गरिएको सुर्कलरमा त्यस्तो उल्लेख छ । माओवादी अहिले गत भदौं १६ देखि तीन महिने पार्टी रुपान्तरण विशेष अभियानमा छ । यो अभियान सकेपछि उसले पार्टीको विधान सम्मेलन गर्ने र विशेष महाधिवेशन गर्ने बताएको छ ।
तर यहीबीच माओवादी केन्द्रले गत भदौ २५ गते बसेको माओवादी पदाधिकारी बैठकको निर्णय भन्दै पार्टीको नाम परिवर्तनका लागि छलफल थाल्न कार्यकर्तालाई निर्देशन दिएको हो ।
हेर्नुहोस सर्कुलर

माओवादी केन्द्र अहिले एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगै समाजवादी मोर्चामा छ । अवको राजनीतिक कार्यदिशा समाजवादीलाई बनाउनु पर्ने भन्दै माओवादीसहितका चार पार्टीले मोर्चा बनाएका हुन् ।
यही मोर्चाबाट सहकार्य गदै पार्टी एकताको तहसम्म पुग्ने मोर्चामा आबद्द दलहरुको भनाई छ । तर ठोस एकता नै हुने गरि भित्री छलफल भने यी पार्टीहरुका बीचमा भएको नदेखिएको माओवादी केन्द्रका एक नेताले बताए ।
प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दोस्रो विकल्पका रुपमा माओवादी धारका पार्टीहरुवीचको एकतालाई पनि जोड गरेका छन् । त्यसक्रममा उनले विप्लव लगायतका साना छरिएर रहेका माओवादी धारका पार्टीहरुसँग छलफल चलाईरहेका छन् ।
माओवादी धारका पार्टीहरुको बीचको एकतालाई अगाडी बढाउन प्रचण्डले पार्टी बैठकबाटै ठोस पहल लिन उपाध्यक्ष कृष्णवहादुर महरालाई जिम्मेवारी नै दिएका छन् । महरा पनि उत्साहित नै भएर एकताका लागि लागिरहेका छन् ।
तर त्यसले पनि ठोस गति लिन सकेको छैन । विप्लव माओवादीसँग एकताका लागि तयारी छन् । उनी इच्छुक पनि देखिएका छन् । तर पार्टीमा विप्लवलाई तत्काल लिँदा पार्टीभित्रका वर्षमान पुन र जर्नादन शर्मा फयाक्टरको रियाक्सन के कस्तो पर्न सक्छ भनेर प्रचण्डले अहिले नाडी छाम्ने काम गरिरहेका छन् । विप्लवलाई पार्टीमा भित्राएर जिम्मेवारी दिँदा पुन र शर्मा असन्तुष्ट हुनसक्नेतिर प्रचण्ड सचेत बन्न खोजिरहेका छन् ।
तर यो एकताले गति लिन सक्ने भएपनि तत्कालै यसमा पनि ठोस निर्णायक केही नहुने बताइएको छ ।
अर्काेतर्फ बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँग पनि माओवादी केन्द्रको एकता छलफल चलेको थियो । चुनाव पनि उनीहरुले एउटै चुनाव चिन्ह्रमा लडेका थिए । एकताका लागि भन्दै नेसपाले माओवादी केन्द्रलाई ९ बुँदे प्रस्ताव पनि पठाएको थियो । तर वीचमा बाबुराम भट्टराई फेरि प्रचण्डसग टाढिन थालेका छन् ।
बाबुरामको पार्टीमा नेता -कार्यकर्ता माओवादीसँगको एकताका लागि तम्तयार देखिएपनि बाबुरामले अनिच्छा देखाउन थालेका छन् । बाबुराम अहिले आफ्नै पार्टीको अभियान लिएर हिड्न थालेका छन् ।
यसो हुँदा माओवादीले विप्लवको पार्टी र सक्दा सिंगो बाबुरामको पार्टी नभए पनि बाबुरामको पार्टी टुक्रा बनाएर भएपनि एकतामा लयाउने कोसिसमा छन् ।
‘ठोस यहीसँग यसरी नै एकता भन्ने भएको छैन, तर पनि माओवादी धारका पार्टीहरु, बाबुरामको पार्टी लगायतसँग पनि छलफल जारी छ,’ माओवादीका एक पदाधिकारीले भने ।
‘भोलिको एकतालाई मध्यनजर गरेर नै अहिले नै पार्टीमा पार्टी नामका बारेमा पनि छलफल चलाउने र सुझाव लिनका लागि नेता कार्यकर्तालाई निर्देशन गरिएको हो,’ ती नेताले भने ।
बाबुराम भटटराईको नेपाल समाजवादी पार्टीभित्र दुई अध्यक्ष छन् । बाबुराम प्रचण्डसँग टाढिन खोजेपनि प्रचण्डको नेतृत्वमा रहेका महन्द्रिराय यादव भने नजिक हुँदै जान थालेका छन् । बाबुराम एकताप्रति सकारात्मक नभएपनि महिन्द्रराय यादवलाई र नेसपाभित्र रहेका कतिपय नेतालाई नजिक बनाएर भएपनि पार्टी एकतामा ल्याउने रणनीतिमा यतिवेला माओवादी देखिन्छ । त्यसैको प्रयासमा अहिले बाबुरामको पार्टीका एकथरी नेताहरुसँगको निरन्तरको सम्वादमा माओवादी नेताहरु छन् ।
२५ भदौंको पदाधिकारी बैठक पछि पनि माओवादीका नेताहरुले नेसापका अध्यक्ष महिन्द्रराय यादवलाई पत्र नै पठाएर सम्वादको श्रृंंखला मात्रै चलाएका छैनन, पार्टी नाम फेर्ने बहस चलेको र महाधिवेशनले निर्णय लिनेसम्मको जानकारीको पत्र पठाएका छन् । उक्त पत्रमा प्रचण्ड र देव गुरुडले हस्ताक्षर गरेका छन् । यो पत्र नेसपाका सूदुरपश्चिम इन्चार्ज जनकराज साहले सामाजिक सन्जालमार्फत सार्वजनिक गरेका छन् ।
हेर्नुहोस पत्र

तर नेसापा सूदुरपश्चिम इन्चार्ज साहले माओवादी अध्यक्ष प्रचण्ड र देव गुरुङको पत्र सही हो भने दुष्टाईको पराकाष्ठा हुने टिप्पणी गरेका छन् । उनले अगाडी भनेका छन्, ‘नेसपा बैठक अब रोचक- घोचक हुने’ नै भएको बताएका छन् ।
माओवादीमा पार्टी नाम फेर्ने बारेमा छलफल भएको नयाँ भने होइन, तर औपचारिक सर्कुलर नै गरेको भने सम्भवत: यो पहिलो पटक हो । यसपछि १ चैत २०७७ को केन्द्रीय कमिटी बैठकमा पनि प्रचण्डले पार्टी नाम र विचारधारा बदल्ने प्रस्ताव ल्याएका थिए । तर त्यसबेला प्रचण्डको प्रस्ताव अगाडि बढेन । त्यसपछि उनले भर्चुअल केन्द्रीय समिति बैठकमा पनि पार्टी नाम फेर्ने प्रस्ताव गरेका थिए ।
त्यसअगाडी एमालेसँग २०७५ सालमा एकीकरण गर्दा माओवादीले नाम छोडेको थियो। सर्वोच्च अदालतको आदेशपछि अध्यक्ष प्रचण्डले पुरानै माओवादी केन्द्र ब्युँताएका थिए।

शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

















बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
एकै पटक १० हजारसम्म एसएमएस पठाउन सकिने टेलिकमको सेवा
बढ्दो तनावकाबीच अमेरिकाले बन्द गर्यो खाडी मुलुकका दूतावास
दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्यो
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
प्रतिक्रिया