३६ जिल्लामा परीक्षाबिनै न्यायाधीश नियुक्त (सूचीसहित)
१९ जना न्यायाधीशको सरुवा, परीक्षामा पास भएका एकै जना न्यायाधीसलाई मोरङको जिम्मा

काठमाडौं । न्यायपरिषद्ले ३६ जिल्लामा जिल्ला न्यायाधीश नियुक्त गरेको छ। परिषद्ले परीक्षाबिनै न्यायाधीस नियुक्त गरेको हो ।
जिल्ला अदालतका २९ न्यायाधीशका लागि लिइएको खुला प्रतिस्पर्धात्मक परीक्षामा एक जना मात्र उत्तीर्ण भएपछि बाँकी जिल्ला न्यायाधीस परीक्षाबिना नै नियुक्त भएका हुन्।
परीक्षाबाट नियुक्त भएका एक जना पारसमणि पोखरेललाई जिल्ल अदालत मोरङको न्यायाधीसमा नियुक्त गरिएको छ । बाँकी परीक्षाबिनै नियुक्त भएकाहरुमा जेष्ठता, योग्यता र कार्यक्षमताको मूल्यांकनका आधारमा नियुक्त गरिएको न्यायपरिषदे जनाएको छ ।
मंगलबार बसेको न्यायपरिषद्को बैठकले नियुक्तिसँगै न्यायाधीशहरूको सरुवा पनि गरेको छ। उच्च अदालतका १ र जिल्ला अदालतका १८ जना न्यायाधीशको सरुवा पनि गरेको छ ।
संविधानको धारा १४९ (२) को खण्ड (ख) र (ग) बमोजिम कुल रिक्त पदमध्ये ४० प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्ये खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने व्यवस्था गरेपनि परीक्षामा एक जना मात्रै उर्तिण भएपछि बाँकी परीक्षाबिनै न्याय परिषद्ले नियुक्त गरेको हो ।
रिक्त दरबन्दीको ८० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने संविधानको व्यवस्था छ।
आयोगले यसटकको विज्ञापनमा आन्तरिक खुलामा १५, खुलामा ७, महिला २, आदिवासी जनजाति २, मधेसी २ र दलितबाट १ गरी २९ जनाको पदपूर्तिको प्रक्रिया अघि बढाएको थियो।
तर परीक्षाबाट पदपूर्ति हुन नसकेका पदमा पनि न्याय परिषदले योग्यता, क्षमता र कार्यमूल्यांकनका आधारमा छानेर नियुक्त गरेको जनाएको छ।
हेर्नुहोस कहाँ को भए नियुक्ति ? (सूची)








निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल
सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया