साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)

काठमाडाैं । यहि मंसिर २७ गतेदेखि २९ गतेसम्म एमालेको ११ औ राष्ट्रिय महाधिवेशन काठमाडौँमा शुरु हुँदै छ । महाधिवेन नेतृत्व चयनमा केन्द्रीत हुने भएकोले अहिले धेरै जसो युवा नेता केन्द्रीय सदस्यको आकांक्षी रहेका छन् । तिमध्ये लामो समय अखिलको राजनीतिक गर्दै जुम्ला जिल्ला कमिटी हुँदै कर्णाली प्रदेश कमिटीमा समेत रहेर काम गरिसकेकी मेनका पछाई पनि यसपटक कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छन् । उनै पछाईसंग गरिएको कुराकानी :
केन्द्रीय सदस्यमा तपाईंको उम्मेदवारी किन?
सर्वप्रथम त नेकपा एमालेको ११ राष्ट्रिय औं महाधिवेशनको लागी देशभरबाट चुनिएर आउनुभएका सबै प्रतिनिधिलाई बधाई तथा काठमाडौंमा स्वागत गर्न चाहान्छु । म अहिलेको महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार दिँदै छु ।
दुर्गम जिल्ला कर्णालीबाट आएर काठमाडौँ जस्तो ठाउँमा विद्यार्थी राजनीतिक गर्नु म जस्तोलाई त्यति सजिलो थिएन । म सानै १५ बर्षदेखि अखिलमा आवद्ध भएर सचिवालय सदस्य पुगेर करिव १८ बर्ष अखिलको राजनीतिमा काम गरे । त्यसपछि नेकपा एमालेको जुम्ला जिल्ला कमिटी हुँदै कर्णाली प्रदेश कमीटीमा पनि दुई कार्यकाल काम गरे । यसरी सांगठनिक हिसाबले क्रियाशिल र बैचारिक हिसाबले अडिक र परिपक्व छु । त्यसैले मैले एमालेको केन्द्रीय सदस्य हुनको लागि सबै प्रक्रिया पुरा गरिसकेको छु । देश विकास र समाजमा प्रगतिशील रुपान्त्रण गर्ने युवा जोस जाँगर ममा छ । त्यसैले म केन्द्रीय सदस्यको संशक्त दाबेदार हो ।
तपाईंप्रति प्रतिनिधिको कस्तो समानुभूति पाउनुभएको छ ?
एक त म कर्णाली जस्तो विकट भूगोलबाट प्रतिनिधित्व गरेर लामो समय केन्द्रीय विद्यार्थी राजनीतिमा सक्रिय भएको कारण देशभरीमा मेरो एउटा सर्कल बनेको छ राजनीतिक हिसाबले अहिले आउनुभएको धेरै जसो प्रतिनिधिले मलाई चिन्नुहुन्छ र बुझ्नुहुन्छ पनि ।
अर्को कुरा मेरा धेरै समकालिन साथीहरुमध्ये पार्टीमा अवसर नपाउनेमा म पर्छु, त्यसैले त्यो कुरा पनि आम प्रतिनिधि बुझ्नुहुनेछ भन्ने कुरामा मेरो विश्वास छ । त्यस्तै मेरा अखिलमा छँदा रहनुभएका धेरै साथीहरु अहिले प्रतिनिधि बनेर आउनुभएको छ । उहाँहरुले म प्रतिको सहानुभूति देखाएको पाएको छु । म कर्णाली प्रदेशबाट प्रतिनिधित्व गरेर त्यहाँका स्वास्थ्य, शिक्षा रोजगार जस्ता क्षेत्रमा काम गर्ने छु ।
एमाले पार्टीमा तपाईं जस्ता युवा नेताको किन आवश्यक छ ?
एमाले पार्टी अरु पार्टीको तुलनामा युवामैत्री पार्टी छ । मेरा समकालीन धेरै युवा साथीहरु पनि केन्द्रीय कमीटीमा हुनुहुन्छ । पार्टीले यसपटकको महाधिवेशनमा ४० बर्ष मुनिका युवालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । एमालेको यो निर्णयले हामी जस्ता धेरै युवालाई पक्कै पनि स्थान दिने छ भन्ने लागेको छ । आजको युग र अहिलेको पुस्ताको चाहनालाई सम्बोधन गर्नका लागि पनि हामी जस्ता युवाहरुको निर्णायक उपस्थिति अनिवार्य छ । त्यसैले म पनि पार्टीका युवा नेत्रीको हिसावले केन्द्रीय सदस्यमा उम्मेदार दिने छु ।
जेनजी आन्दोलनले उठाएका कुरा तपाई केन्द्रीय सदस्य भएपछि कसरी उठाउनुहुन्छ ?
नेपालको जेन्जी आन्दोलनले उठाएको अधिकांश जायज मुद्दाहरु छन् । ती मुद्दाहरु एउटा पुस्ताको लागि मात्र नभएर समग्र नेपालीका मुद्दा हुन् । त्यसमा नेकपा एमालेको पनि समर्थन छ र हाम्रो पार्टीले उठाउँदै आएको पनि छ ।
म लगायत एमालेमा धेरै ठूलो युवापंक्ति छ । जसले अहिलेको युवा पुस्ताका भावनाहरुलाई सजिलै बुझ्न सक्छ । त्यसै अनुरुप हाम्रो पुस्ताका मागहरुलाई सम्बोधन गर्न पार्टीमा मेरो भूमिका रहन्छ । जेनजीका माग हामी जस्ता युवा पार्टीमा केन्द्रीय सदस्य भइसकेपछि पुरा हुनेछ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया