महाराजगन्जको शंकास्पद बोराभित्र बम होइन काटुन र कपडा भेटियो

काठमाडौं । काठमाडौंको बसुन्धरा महाराजगन्ज चोकको सडकपेटीमा भेटिएको शंकास्पद बोराभित्र कपडा र कार्टुन फेला परेको छ । संविधान दिवसप्रति असन्तुष्टि जनाउने समुहले जनजीवन प्रभावित पार्ने गरि सडक पेटीमा सेतो बोरामा शंकास्पद सामान राखेर छोडी भागेका थिए ।
काठमाडौं महानगरपालिका ३ महाराजगन्जस्थित नारायणगोपाल चोकको बसुन्धराबाट बुढानिलकन्ठ जाने बाटोमा त्यस्तो शंकास्पद बस्तु भेटिएको र सेनाको डिस्पोजल टोली आई हेर्दा बोराभित्र काटुर्न र कपडा फेला परेको प्रहरीले जनाएको छ ।
बोरा शंकास्पद रुपमा सडक पेटीमा फेला परेपछि प्रहरी वृत्त महाराजगन्जबाट प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाक्षेत्रीको कमाण्डमा प्रहरी परिचालन गरिएको थियो ।
पछि नेपाली सेनाको नारायणहिटी बाट सहसेनानी कुश खड्काको युनिटको बम डिस्पोजको टोली पुगेर हेर्दा शंकास्पद बोराभित्र कपडा र कानुन फेला परेको प्रहरीले जनाएको छ । करिव आधा घण्टा त्यस क्षेत्रको आवतजावत प्रभावित भएपनि अहिले खुला भएको छ ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया