सशस्त्रले रातको २ बजे बाग्मती नदि बाट गर्यो एक ब्यक्तिको उद्दार

काठमाडौं । सशस्त्र प्रहरी बलले बाग्मती नदिबाट एक ब्यक्तिको सकुशल उद्दार गरेको छ । काठमाडौको दक्षिणकाली नगरपालिका- ८ कटुवाल दह स्थित बाग्मती नदि किनारबाट शसस्त्रले ४० वर्षका रामबहादुर लामाको उद्दार गरेको हो ।
दक्षिणकाली– ८ सिम्पानी राई टोल बस्ने ४० बर्षीय लामाको गएराती २ बजेको समयमा उद्दार गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
पानीको बहाब कम भएको बेला नदि पारी गएका लामा बहाब बढेसंगै वारि आउन नसकी नदि किनारको पहरामा फसेका थिए । सो बारे खबर प्राप्त भएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २० बिपद् उद्दार उपत्यका गणबाट गिताखोर सहितको ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण किर्तिपुरबाट गएको १५ जना सहितको सुरक्षाफौजले रातको समयमा उनको सकुसल उद्दार गरेको सहायक प्रवक्ता थापाले जानकारी दिए ।
मोटरबोट सहित गएको फौजले रोप रेस्क्यु र अन्य बिधिको प्रयोग गरि उद्दार गरेको हो । उद्दारपछि लामालाइ आफन्तको जिम्मा लगाइएको छ ।
















प्रतिनिधिसभा निर्वाचन : मकवानपुर १ मा पुराना अनुभवी र नयाँ पुस्ताका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
प्रतिक्रिया